हुम्लामा हिमपातले खोप अभियान प्रभावित, हवाई सेवा अवरुद्ध « Khabarhub

हुम्लामा हिमपातले खोप अभियान प्रभावित, हवाई सेवा अवरुद्ध


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हुम्लामा बिहीबार साँझदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित बनाएको छ । हिमपात शनिबार बिहानबाट रोकिए पनि चिसोले स्थानीयको दैनिकी कष्टकर भएको छ ।

एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्नसमेत थप कठिनाइ उत्पन्न भएको छ । सदरमुकाम सिमकोटमा झन्डै साढे एक फिटसम्म हिउँ जमेको छ भने होचो स्थानीमा दुई फिट बढी हिउँ जमेको छ । जिल्लाको तापक्रम माइनस ९ डिग्रीसम्म पुगेको छ ।

दुई दिनदेखि लगातार परेको भारी हिमपातका कारण हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा ठप्प भएको छ । हिमपातले दैनिक रूपमा उडान भर्दै आएको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएको हो ।

हवाई सेवा उडान नभर्दा विभिन्न सामग्रीको अभाव हुने देखिएको छ । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुलाई समेत समस्या बनाएको छ । हिमपातले हवाई सञ्चालनमा आउन नसकेपछि बजार व्यवसायीको दैनिक उपभोग्य सामानको अभाव भएको छ । नेपालगञ्ज र सुर्खेतबाट दैनिक आउने गरेको  तरकारी, र मासु हवाई सेवा अवरुद्ध हुँदा ठप्प भएको छ ।

सदरमुकाम सिमकोटदेखि करिब ११ किलोमिटर गाडी सञ्चालन हुने खार्पु सडकखण्डसमेत अवरुद्ध बनेको छ । बाक्लो हिउँ जम्दा छोटो दूरीका गाडी सञ्चालनमा आउन नसकेका हुन् ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा चार फिटभन्दा बढी हिमपात भएको छ । नाम्खा गाउँपालिको जिल्लाको उच्च पालिकामा पर्ने भएकाले यहाँ जिल्लाको सबैभन्दा बढी हिमपात हुने गर्दछ । यस क्षेत्रमा भारी हिमपात हुँदा एक गाउँबाट अर्को गाउँसम्म पुग्नलाई समेत कठिनाइ भएको छ । हिल्सा, न्यालु, यारी लगायतका क्षेत्रको आवतजावत बन्द भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ४५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्