‘ग’ वर्गका अपांगता भएकालाई गाउँपालिकाले मासिक पाँच सय भत्ता दिने « Khabarhub

‘ग’ वर्गका अपांगता भएकालाई गाउँपालिकाले मासिक पाँच सय भत्ता दिने


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका ‘ग’वर्गका अपांगता भएका व्यक्तिलाई पनि विशेष सेवा सुविधा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिका बैठकले माघ महिनादेखि लागू हुनेगरी पालिकाअन्तर्गत ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई मासिक पाँच सय सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई संघ सरकारले नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको, तर ग‘’ वर्गमा पर्नेहरूले मासिक भत्ता नपाउने भएकाले पालिकाले मासिक उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

‘ग’ र ‘घ’ वर्गका अपांगता भएकाले सेवा सुविधाबाट वञ्चित भएको गुनासो गरेपछि कार्यपालिकाको बैठकले तत्कालका लागि ‘ग’ वर्गलाई पाँच सय मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । सम्बन्धित निकायबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपांगता परिचयपत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुले सरकारबाट मासिक तीन हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् ।

यस्तै सम्बन्धित निकायबाट ख‘’ वर्ग अर्थात नीलो अपांगता परिचयपत्र पाएका जुनसुकै नागरिकहरुले सरकारको तर्फबाट मासिक एक हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । अपांगता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपांगता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण गर्दै आएका छन् । अपांगता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरी परिचयपत्र वितरण गरिरहेको र सोहीबमोजिम सामाजिक सुरक्षा भत्ताको व्यवस्थापन गरिने अध्यक्ष गुरुङको भनाइ छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ११ : ४५ बजे

भन्सार छलेर ल्याइएका अवैध सामग्री नियन्त्रणमा

भैरहवा– रूपन्देहीका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका ६ लाखभन्दा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम सार्वजनिक हुँदा धनुषा–१ अझै विवादमा

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

समानुपातिक: एक करोड मतगणना हुँदा ५० लाख नजिक रास्वपा, कुन दलको मत कति ?

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर