मजदुर रुवाउने शहरको झरी « Khabarhub

मजदुर रुवाउने शहरको झरी


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झरुवारासी (ललितपुर)– ललितपुरको झरुवारासीस्थित बज्र ईटा उद्योगमा हर्क बुढामगर काँचो इटा छोपिएको प्लाष्टिक निकाल्दै गरेको अवस्थामा भेटिए । प्लाष्टिक निकालेपछि उनी एकोहोरो हेरिरहे । अनि भने, ‘लौ प्लाष्टिकले छोपे त ईटा बच्दो रहेछ ।’ उनी खुसी भए ।

बुढामगर पहिलोपल्ट ईटा बनाउन सिन्धुलीदेखि काठमाडौं झरेका हुन् । यसकारण ईटा भट्टाको दुःख र खुसी उनी पहिलोपल्ट भोग्दैछन् । तीन महिनाअघि दाजु जंगबहादुरसँग बज्रबाराहीको बज्र ईटा भट्टामा ईटा बनाउन थालेपछि तीन पल्ट झरी परिसकेको छ । ’झरीले तीनै पल्ट ईटा नास गरेको छ।’ सुस्केरा हाल्दै उनले भने, ‘भगवानले पनि गरिखान नदिने रहेछ गरिबलाई ।’ मजदुरले भट्टाको खलामा बनाएर राखेको ईटाको पैसा नपाउँने उनी बताउँछन् । उनी भन्छन्, ‘चाङ लगाएको चाँही पाइने रहेछ ।’ यो बर्ष झण्डै ६ हजार ईटा बनाएपनस पैसा पाइएन । पानी रोकिएपछि फ्याक्दैको हैरान मात्रै भो ।’

उनका अनुसार भट्टाको बसाइ झन् कष्टकर छ । काँचो ईटाले बनाएको होचो झ्याउलीमाथिको जस्तापाताले रातभर चिसो पठाउँछ । मुछेको माटो र पानीको कुलोले सिमसार बनेको फाँटमा रातभर सिरेटो आउँछ । झरी पर्दा काँचो ईटा पग्लेर झ्याउली भत्केर हैरानी खेपेको बुढामगर बताउँछन् । शुक्रबारको झरीले उनको झ्याउली फेरि भत्कियो । ’दिनभर भिजेर दाजुभाईले बनायौं ।’ उनी भन्छन्,‘पानी परेर भित्र हिलो भयो ईटा हालेर राखेका छौं ।’

बज्र ईटा भट्टामा विशाल मोक्तान पनि निराश अवस्था भेटिए । उनले पनि झरीका कारण ६ हजारभन्दा बढी ईटा खेर गएको गुनासो गरे । उनले भने, ‘अझै एक साता काम हुँदैन । घाटा त कति हो कति ।’ पानी परेपछि बनाएको ईटा त खेर जान्छ नै । भट्टामा परेको पानी नसुकेसम्म अर्को ईटा बनाउन मिल्दैन । जमेको पानी फ्याँकेर खला सुक्नै हप्ता दिन लाग्छ ।

यो सिजनमा लगातार पानी परेकाले पैसा बचाएर घर लैजान मुस्किल पर्ने उनी बताउँछन् । भन्छन्, ‘पहिले नै बैना लिएको हुन्छ । त्यो पैसा तिर्यो । परिवार पाल्यो । यही हो कमाइ । ’ काम गर्न नसक्नेले भट्टाबाट ऋण बोकेर जानुपर्ने अवस्था आउने उनले बताए । उनका अनुसार धेरै परिवारका सदस्य र काम गर्ने मान्छे थोरै हुनेहरू रोएर फर्कने गर्छन् ।

बज्र भट्टाबाट काम गर्न नसकेर २–३ परिवार बिस्तापित भइसकेको मजदुर भरत थामी बताउँछन् । ‘पैसा भने जति नकमाएपछि बस्न मनै हुँदैन । साहुले पनि दिने अवस्था हुँदैन,’ उनी भन्छन् । थामीका अनुसार पछिल्ला बर्षहरूमा इटा भट्टामा काम गर्ने मजदुरहरूलाई सजिलो हुँदै गएको छ । पहिले माटो आफैले मुछेर ईटा बनाउनु पर्थ्यो । अहिले भट्टा आफैले माटो मुछेर ल्याइदिन्छ । पानी पर्दा छोप्न प्लाष्टिक पनि दिन्छ । बस्नलाई झ्याउली बनादिन्छ ।’

तीनपल्ट पानी पर्दा दसौँ लाख क्षति भएको बज्र भट्टाका सञ्चालक धनिराम महर्जन बताउँछन् । मजदुरको भन्दा आफ्नो धेरै क्षति हुने गरेको उनी बताउँछन् । भन्छन्, लोगो नदेखिएको मात्रै हामीले नलिने हो । अरु सबै उठाउँछौँ। हरेक झरीपछि क्षति हुने हुँदा ईटाको भाउ समेत बढ्ने सम्भावना हुन्छ ।’

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : ०० बजे

निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनका बेला रोकिएको नियमित बजार अनुमगन पुनः सुरु

रसुवामा नौ जनाको धरौटी जफत

रसुवा– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका

भन्सार छलेर ल्याइएका अवैध सामग्री नियन्त्रणमा

भैरहवा– रूपन्देहीका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका ६ लाखभन्दा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम सार्वजनिक हुँदा धनुषा–१ अझै विवादमा

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन