हिमपातले एउटै जिल्लामा कतै खुसी कतै दुःख | Khabarhub Khabarhub

हिमपातले एउटै जिल्लामा कतै खुसी कतै दुःख


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला–हिमाली जिल्ला हुम्लामा यो वर्ष हालसम्म पाँच पटक भारी हिमपात भयो । हरेक पटकको हिमपात उत्तरी भेगका सर्वसाधरणालाई दुःख बनेर आयो भने दक्षिण भेगका किसानलाई राहत पुग्यो ।

हिमपातपछि उत्तरी भेग नाम्खा गाउँपालिकाका किसानले कयौं दिनसम्म गाईवस्तु घरभित्रै थुनेर राखे । वस्तुभाउ चराउन नपाएपछि उनीहरूको दैनिकी झनै कष्टकर बनेको थियो । यता दक्षिण भेगमा भने हिउँदे बाली गौँ, जौँ, उवा, नाफल आदिलाई सिंचाई गर्नु नपरेपछि किसानहरू मख्ख परेको सर्केगाड गाउँपालिका रिपका जीवन शाहीले बताए ।

माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिएको छ। विशेषगरी अहिलेको हिउँले स्याउ बगैँचा फाइदा पुग्ने भएकाले स्याउमा आस्रित जुम्लाका झण्डै १७ हजार घरधुरी लाभान्वित हुनेछन्।

सर्कीदेउ स्याउ फर्मकी प्रोपाइटर जसु परियारले पछिल्लो समयको हुम्लामा भएको हिमपातले ‘स्याउ बगैँचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ। बिरुवा काँटछाँट र हिउँ संकलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम गरिन्छ । यसले सिँचाई पहुँच नभएको ठाउँमा राहत पुग्छ,’ उनले भनिन ।

यो वर्षको पाँचै पटक सममाको हिमपातसँगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र दीर्घ रोगीको दैनिकी कष्टकर बनेको उत्तरी नाम्खा गाउँपालिका लिमीका वडाअध्याक्ष पाल्जोर तामाङले बताए ।

सात स्थानीय तह रहेको हुम्लाको हिमपातले अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ । तर, माघ अन्तिममा परेको हिउँले कृषि क्षेत्रलाई ठूलो राहत पुग्ने भएकाले किसान खुसी भएका छन् ।

उच्च हिमाली जिल्ला हुम्लामा बिहीबार र शुक्रबार दुई दिनभारी हिमपात भएको थियो भने शनिबारदेखि मौसममा सुधार आएको छ । शनिबार विहानदेखि मौसम सुधार आउँदा हुम्लाको सदरमुकाम सिमकोट सहितका आसपासमा क्षेत्र हिउँले सेताम्य बनेको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ५९ बजे

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

भोजपुर– टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा

युक्रेनमा बमवारिबाट सबै भन्दा धेरै क्षति

किभ – यो साता युक्रेनमा भएको बमवारिबाट मर्नेको सङ्ख्या ३१

भारतका चोङ्गरेङ्गलाई हराउँदै नेपालका रवीन्द्र बने ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको

सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने

प्यालेस्टाइन – हमासले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म

राखीको चहलपहल सुरु

महोत्तरी- मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग