भारतलाई यु–१९ क्रिकेट विश्वकपको उपाधि « Khabarhub

भारतलाई यु–१९ क्रिकेट विश्वकपको उपाधि


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्ल्याण्डलाई चार विकेटले पराजित गर्दै भारतले आइसीसी यु–१९ एक दिवसीय क्रिकेट विश्वकपमा उपाधि जितेको छ । शनिबार सर भिभीयन रिचार्डस् स्टेडियममा सम्पन्न खेलमा इङ्ल्यान्डले दिएको १९० रनको लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

भारतका लागि शैक रासिदले र निशान्त सिन्धुले अर्धशतक प्रहार गरेका थिए । रासिदले ८४ बलमा ६ चौकासहित ५० रन गर्दा समान ५० रन जोडेका सिन्धुले ५४ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

इङ्ल्यान्डका जोसुवा बोडेन, जेम्स र थोमस एस्पिनवेलले समान दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको इङ्ल्यान्डले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल खडा गरेको थियो ।

इङ्ल्यान्डका लागि जेम्स रेवले सर्वाधिक ९५ रनको योगदान गरे । उनले ११६ बलमा १२ चौका प्रहार गरेका थिए । यस्तै, जेम्स सेल्सले ३४, जर्ज थोमसले २७ तथा रेहान ऐमद र एलेक्स हर्टनले समान १० रन गरे ।

भारतका राज बाबाले पाँच विकेट लिँदा रविकुमारले चार र कुशल तम्बेले एक विकेट लिए । यो संस्करणसँगै भारतले सर्वाधिक पाँच पटक युवा एक दिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । त्यस्तै, इङ्ल्यान्डले एक पटक मात्रै युवा विश्वकपको उपाधि उचालेको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ३ : ०० बजे

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका

तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल

एजेन्सी– कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबीच उत्तरपूर्वी

सञ्चारगृहका गेटमा गाडी तेर्स्याइएको घटनाबारे छानबिन हुनुपर्छ : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारगृहका गेटसामु गाडी

संविधानसभाका तीन सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर

काठमाडौं– उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी