आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा पक्राउ | Khabarhub Khabarhub

आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा पक्राउ


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

५७ वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।

रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतबार मृत्यु भएको सूचना जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई प्राप्त भएको थियो । सूचना लगत्तै कार्यालयले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो ।

प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ । नियन्त्रणमा लिइएका रमेशलाई आज सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रारम्भ गरिने जिल्ला प्रहरी कार्यालयद्वारा जारी पे्रस नोटमा जनाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : ५५ बजे

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

भोजपुर– टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा

युक्रेनमा बमवारिबाट सबै भन्दा धेरै क्षति

किभ – यो साता युक्रेनमा भएको बमवारिबाट मर्नेको सङ्ख्या ३१

भारतका चोङ्गरेङ्गलाई हराउँदै नेपालका रवीन्द्र बने ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको

सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने

प्यालेस्टाइन – हमासले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म

राखीको चहलपहल सुरु

महोत्तरी- मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग