इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण « Khabarhub

इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ ।

सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार २१० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

उक्त समूहले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्ने तयारीसमेत गरेको छ । कोरोना सङ्क्रमणका कारण विद्यालय प्रशासनलाई पोसाक हस्तान्तरण गरिएको एसएलसी समूह २०४५ का अध्यक्ष लक्ष्मी दाहालले बताए।

प्रधानाध्यापक उमारुद्र बस्नेतले उक्त पोसाक विद्यालय सञ्चालन भएपछि वितरण गरिने जनाए। उक्त समूहले पनौती नगरपालिका वडा नं ५ ठाडोबाटोस्थित रियल नेपालमा अध्ययनरत आठ न्यून दृष्टिविहीन विद्यार्थीलाईसमेत ट्रयाकसुट वितरण गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ९ : ०२ बजे

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको