अमेरिकामा भएको गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो « Khabarhub

अमेरिकामा भएको गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भर्जिनिया–अमेरिकाको भर्जिनिया राज्यमा गोली चल्दा कम्तीमा १२ जनाको ज्यान गएको छ ।

भर्जिनिया राज्यस्थित भर्जिनियाबिच शहरको तटीय क्षेत्रमा रहेको म्युनिसिपाल केन्द्रमा काम गर्ने रिसाहा कर्मचारीले आफ्ना सहकर्मीलाई लक्षित गरी जथाभावी गोली चलाएको अधिकारीले जनाएका छन् ।

गोलीकाण्डमा एक प्रहरीसहित ४ जना घाइते भएका छन् । घटनामा गोली चलाउने बन्दुकधारीको पनि मृत्यु भएको जनाइएको छ । प्रहरीले बन्दुकधारीको पहिचान भने खुलाएको छैन ।

त्यस्तै, गोली चलाउनुको कारणबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ । घटनाबारे अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइसकिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा नियमित रुपमा यस्ता घटना हुने गरेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार पछिल्लो घटना यो वर्षभित्र अमेरिकामा भएको १ सय ५० औं गोलीकाण्ड हो ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  १२ : ३० बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष