गोकर्णेश्वर नगरपालिकामा विद्यालय खुले, पठनपाठन सुरु « Khabarhub

गोकर्णेश्वर नगरपालिकामा विद्यालय खुले, पठनपाठन सुरु


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोनाको तेस्रो लहरको संक्रमण उच्च गतिमा बढेपछि सरकारले स्मार्ट लकडाउनको घोषणा गर्दै माघ मसान्तसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । जसअनुसार देशभरका सबै शैक्षिक संस्था बन्द छन् ।

तर, संघीय राजधानी काठमाडौको गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका निजी तथा सामुदायिक विद्यालय २३ माघदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णयसहितको सूचना जारी गर्यो । नगरपालिकाको शिक्षा समितिको गत १८ माघमा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । आइतबार विद्यालय खुले पनि सरस्वती पूजा भएको हुनाले सोमबारबाट नियमित पठनपाठन सञ्चालन भएको छ ।

सिसिएमसीले भने १ फागुनदेखि भौतिक रूपमै बिद्यालय खोल्न सरकारलाई सिफारिस गरेको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले स्थानीय सरकारको अधिकार प्रयोग गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका बताए ।

नगरपालिकाभित्रका सबै बिद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको फाइजर खोपको पहिलो मात्रा दिइसकेको र आजबाट दोस्रो मात्रा दिन सुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : ०० बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ