कच्चापदार्थको अभावमा राडीपाखी उद्योग बन्द | Khabarhub Khabarhub

कच्चापदार्थको अभावमा राडीपाखी उद्योग बन्द


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलंगा–कच्चापदार्थको अभावले जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । महिनौँदेखि उत्तरी नाका बन्द भएकाले ऊन आयात हुन सकेको छैन । ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको उद्योग सञ्चालक कुन्जाङ फुटिक तामाङले बताए ।

उनले भने, ‘चिनियाँ भेडाको ऊनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हँुदै आएको थियो । अहिले बजारमा माग धेरै भए पनि कोभिडपछि कच्चापदार्थ सङ्कलन गर्न नसक्दा उद्योग बन्द गर्नु परेको हो । विगत दुई वर्षदेखि उद्योगको काम ठप्प छ । जुम्ली भेडाको कालो र सेतो ऊनबाट बन्ने सामग्रीको माग पनि बढ्दो छ तर जुम्ली भेडाको ऊन छोटो हुने भएकाले अलि झन्झटिलो हुन्छ । चीनबाट आउने ऊन लामो र मुलायम हुने भएकाले सामग्री सजिलै उत्पादन हुने उनको भनाइ थियो।

‘माग अत्यधिक छ । कच्चापदार्थ सङ्कलन हुन सकेको छैन । उद्योग नचल्दा घाटा बेहोर्नु परिरहेको छ । चीनको उत्तरी हिल्सा नाका खुलाउन सरकारले पहल नगर्दा कर्णालीको जनजीवनसँगै साना तथा मझौला उद्योग सङ्कटमा परेको सञ्चालक तामाङले जानकारी दिए । चीनको नाका खुलाउन सरकारले कुनै चासो देखाएको छैन ।

पछिल्लो समय जुम्लामा पनि भेडाको ऊन अभाव हुँदै गइरहेको र गाउँमा परम्परागत तरिकाले राडीपाखी बुन्ने धेरै भएकाले पनि उद्योगका लागि ऊन पाउन मुस्किल छ । चीनको नाका खुलाएर चाँडो कच्चापदार्थ ल्याउने वातावरण बनाइदिन सरकारलाई उनले अनुरोध गरेका थिए । चन्दननाथ नगरपालिका–२ निवासी तामाङले राडीपाखी बेचेरै वार्षिक रु पाँच लाख आम्दानी गर्दै आइरहनुभएको थियो। वर्षमा कच्चापदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी रु १५÷२० लाखको कारोबार हुने गरेको थियो । रु पाँच लाख ऊनलाई लाग्थ्योे । सरकारी अनुदानका नाममा आर्थिक वर्ष २०७५÷७६ मा पशु सेवा कार्यालयबाट साढे तीन लाख मात्रै पाएकी कुन्जाङले अहिलेसम्म कतैबाट कुनै पनि सहयोग नपाएको गुनासो गरिन् ।

महिनामा ४० देखि ४५ हजार रुपैयाँसम्म नाफा हुन्थ्यो । यसैबाट घर खर्च चलेको थियो, माग दैनिक बढ्दै गए पनि कच्चापदार्थ नहुँदा समस्या भएको छ । नियमित पाँच र ज्यालादारीमा १०–१२ जनासम्मलाई उनले रोजगारी दिएकी थिइन् । ज्यालादारीमा काम गर्ने महिलालाई एक कोट सिलाएबापत दुई हजार र राडीपाखी बुनेबापत दुई हजार ५०० दिने गरिएको थियो । सो उद्योगमा सरकारी अधिकारीदेखि जुम्ला भित्रिने अधिकांश आन्तरिक पर्यटकले समेत अवलोकन गर्ने आउने गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ४ : १५ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार सन्

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मलेखु – जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना

काठमाडौं – आश्विन शुक्ल पञ्चमी आज दसैँ घर वा पूजा

आज २०८१ साल असोज २२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार