गाँजा खेती गर्न कार्यविधि बनाइँदै « Khabarhub

गाँजा खेती गर्न कार्यविधि बनाइँदै


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा प्रतिवन्धित लागु औषध गाँजालाई औषधीको रुपमा प्रयोग गर्न कानुनी रुपमै स्पष्ट रुपमा व्यवस्था गर्न लागिएको छ ।

गृह मन्त्रालयले औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ कार्यविधि ल्याउने तयारी गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले अहिले पनि औषधीको रुपमा प्रयोग गर्न पाउने व्यवस्था भएपनि यसको खेतीलाई समेत व्यवस्थित गर्न कार्यविधि बनाउन लागिएको जानकारी दिए । तर कार्यविधि बनाउन पनि मन्त्रिपरिषद बैठकले स्वीकृति दिनुपर्ने मन्त्रालयका प्रवक्ता पोखरेलले बताए ।

उनका अनुसार अहिले मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले औषधीय प्रयोजनका लागि कार्यविधि बनाइरहेको छ । कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिने छ ।

कार्यविधि बने सबै किसानले खेति गर्न पाउँछन् भन्ने प्रश्नमा उनले भने, ‘जुनसकै किसानले त पाँउदैनन्, म फलानो कम्पनीको लागि, फलानो कामको लागि यसरी गर्छु भनेर अनुमति लिई गर्न सक्छन् । यसमा पनि रिसट्रक्सन हुन्छ, सबै व्यवस्था प्रयोजन खुलाई गर्न दिइने छ ।’

अमेरिका लगायत विकसित देशमा गाँजा प्रयोग गर्न पाउने कानुनी मान्यता भएपनि नेपालमा भने यो प्रतिवन्धित छ । यसअघि गाँजा औषधीको रुपमा प्रयोग हुने हुँदा यसको खेतीलाई कानुनी मान्यता दिए किसानको आम्दानीको स्रोत बन्ने भन्दै संसदमा समेत कुरा उठाइएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : १२ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका