गाँजा खेती गर्न कार्यविधि बनाइँदै « Khabarhub

गाँजा खेती गर्न कार्यविधि बनाइँदै


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा प्रतिवन्धित लागु औषध गाँजालाई औषधीको रुपमा प्रयोग गर्न कानुनी रुपमै स्पष्ट रुपमा व्यवस्था गर्न लागिएको छ ।

गृह मन्त्रालयले औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ कार्यविधि ल्याउने तयारी गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले अहिले पनि औषधीको रुपमा प्रयोग गर्न पाउने व्यवस्था भएपनि यसको खेतीलाई समेत व्यवस्थित गर्न कार्यविधि बनाउन लागिएको जानकारी दिए । तर कार्यविधि बनाउन पनि मन्त्रिपरिषद बैठकले स्वीकृति दिनुपर्ने मन्त्रालयका प्रवक्ता पोखरेलले बताए ।

उनका अनुसार अहिले मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले औषधीय प्रयोजनका लागि कार्यविधि बनाइरहेको छ । कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिने छ ।

कार्यविधि बने सबै किसानले खेति गर्न पाउँछन् भन्ने प्रश्नमा उनले भने, ‘जुनसकै किसानले त पाँउदैनन्, म फलानो कम्पनीको लागि, फलानो कामको लागि यसरी गर्छु भनेर अनुमति लिई गर्न सक्छन् । यसमा पनि रिसट्रक्सन हुन्छ, सबै व्यवस्था प्रयोजन खुलाई गर्न दिइने छ ।’

अमेरिका लगायत विकसित देशमा गाँजा प्रयोग गर्न पाउने कानुनी मान्यता भएपनि नेपालमा भने यो प्रतिवन्धित छ । यसअघि गाँजा औषधीको रुपमा प्रयोग हुने हुँदा यसको खेतीलाई कानुनी मान्यता दिए किसानको आम्दानीको स्रोत बन्ने भन्दै संसदमा समेत कुरा उठाइएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : १२ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्