मधेश प्रदेशसभाका तीन समितिमा सभापति बन्न पाँच जनाको उम्मेदवारी « Khabarhub

मधेश प्रदेशसभाका तीन समितिमा सभापति बन्न पाँच जनाको उम्मेदवारी


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेश प्रदेशसभाअन्तर्गत रिक्त तीनमध्ये दुई समितिका सभापति चयन गर्न चुनाव हुने भएको छ ।

आइतबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीबाट सार्वजनिक लेखा समितिको सभापतिमा प्रह्लाद गिरी गोस्वामीले उम्मेदवारी दिएका छन् । त्यस्तै, सक्षा पक्षको तर्फबाट नेपाली काँग्रेसका नरेशकुमार यादवले पनि उम्मेदवारी दिएका छन् ।

प्राकृतिक श्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । यो समितिमा यादवको मात्र उम्मेदवारी परेको हो ।

त्यस्तै कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेकी जगतारण देवीले उम्मेदवारी दिएकी छन् ।

यो समितिको सभापतिका लागि नेकपा एकीकृत समाजवादी पार्टीबाट मदनसेन श्रीवास्तवले पनि उम्मेदवारी दिएका छन् ।

मधेश प्रदेश सभामा लामो समयदेखि सभापतिविहीन रहेका संसदीय समितिको सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

प्रदेशसभा सचिवालयले माघ १९ गते सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिका लागि उम्मेदवारी दिन आह्वान गरेको थियो ।

मंगलबार सभापति चयन हुनेछ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : ०० बजे

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा,

राष्ट्रियसभामा कृषिमन्त्रीको जवाफ- अहिलेसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसक्यो

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख