कस्तो मास्क कसरी लगाउने ? | Khabarhub Khabarhub

कस्तो मास्क कसरी लगाउने ?

मास्कबारे जान्नै पर्ने कुरा ...


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओमिक्रोनको जोखिम बढेसँगै बजारमा मास्कको व्यापार पनि बढेको छ । मास्कको अस्थिर मुल्य एकातिर छ भने कस्तोखालको लगाउने ? कस्तो मास्कले कसरी काम गर्छ भन्ने जिज्ञासा पनि छ ।

संक्रमित व्यक्तिले कस्तो मास्कको प्रयोग गर्ने अनि अरुले कस्तो मास्क प्रयोग गर्ने भन्ने कुरा जान्न आवश्यक हुन्छ । बजारमा धेरै खालका कपडाका मास्क उपलब्ध भए पनि काम गर्ने भनेको एन नाइन्टी फाइभ मास्क र मेडिकल तथा सर्जिकल मास्कले हो ।

मेडिकल तथा सर्जिकल मास्क कसले लगाउने ?
– विमानस्थलको हेल्थ डेक्समा खटिने कर्मचारीले
– रुघाखोकी लागेको व्यक्तिले
– श्वासप्रश्वाससम्बन्धी समस्या भएको व्यक्तिले

एन नाइन्टी फाइभ मास्क कसले लगाउनै पर्छ ?
– अस्पतालमा कार्यरत चिकित्सकले
– बिरामी कुरुवा र बिरामीको स्याहारसुसार गर्नेले
– कोरोना भाइरसको सङ्क्रमण भएको व्यक्तिले

मास्क कसरी लगाउने ?
– जहिले पनि रङ्गीन भागबाहिर पारेर लगाउनुपर्छ
– चस्मा लगाउनेले माथितिर फु गर्दा चस्मामा बाफ नजाने गरी लगाउनुपर्छ
– मुखभन्दा तलबाट पनि मास्कमा हावा छिर्नु हुँदैन
– मुख र नाक दुवैमा राम्रोसँग फिट हुने गरी लगाउनुपर्छ

मास्क पाइएन भने के गर्ने ?

– सर्जिकल मास्क वा मेडिकल मास्क पाइएन भने सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा रुमालले भए पनि नाक र मुख छोप्नुपर्छ

कोरोना भाइरसबाट कसरी बच्ने ?

– सबैभन्दा पहिला आफ्नो व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने
– साबुन पानीले हात राम्रोसँग धुने
– घरबाहिर हातले खाना नखाने
– खानै परे हातमा स्यानेटाइजर लगाएर मात्रै खाने
– शौचालय गएपछि साबुनपानीले हात धुने
– बाहिरबाट घर आएलगत्तै राम्ररी हात धुने
– सम्भव भएसम्म मास्क लगाउने
– कसैसँग हात नमिलाउने, अङ्कमाल नगर्ने
– बाहिरको मान्छेसँग बोल्दा एक मिटर टाढाको दुरीमा बस्ने
– माछा, मासु राम्रोसँग पकाएर खाने
– सकेसम्म काँचो फलफुल नखाने
– घाममा बस्ने

घरबाहिर निस्किदा के गर्ने ?

– नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिएकोले सार्वजनिक गाडीमा हिँड्दा डराउनु पर्दैन
– घरबाहिर निस्किदा मास्क लगाउने
– बिहेको मौसम भए पनि धेरै भिडभाड नगर्ने, भोजभतेर नगर्ने
– जमघट हुने कार्यक्रम, सभा र सम्मेलन नगर्ने
– विदेशबाट आएको व्यक्तिमा विमानस्थलमा कुनै लक्षण नदेखिए पनि १४ दिनभित्र रुघाखोकी लाग्न सक्छ, रुघाखोकी लागे नआत्तिइकन अस्पताल जाने
( सरुवारोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन र डाक्टर सागर राजभण्डारीसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : ४३ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र