शाली नदीमा विशेष स्नान « Khabarhub

शाली नदीमा विशेष स्नान


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साँखुस्थित शाली नदीमा माधवनारायणको एक महिने व्रतका क्रममा मंगलबार विशेष स्नान गरिएको छ ।

ब्रतालुहरुले शाली नदीमै स्नान गरी माधवनारायणको पुजाआजासमेत गरेका छन् । माधवनारायणका बर्तालुले माघ शुक्ल सप्तमीमा साँखु बजारमा पल्टँदै सहस्रधाराको जलबाट स्नान गर्ने परम्परा छ । यो सप्तमीलाई लगला सप्तमी पनि भनिन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुले शालीनदी किनारमा बसेर खीर खाने परम्परा छ ।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण ब्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखु शालीनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना ब्रत बसेका छन् । माघ महिनामा माधव नारायणको ब्रत गरेमा मनोकाक्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं स्वस्थानीको ब्रत बसेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनरायण र स्वस्थानीको ब्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी ब्रत समापन गर्दछन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ४ : १५ बजे

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एसइई पूरक परीक्षामा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक

मौद्रिक नीतिको वार्षिक समीक्षा, बाह्य क्षेत्र बलियो र मुद्रास्फीति न्यून, कर्जा विस्तार सुस्त

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त 

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका