मोरङ बर्डफ्लू रोग प्रभावित क्षेत्र « Khabarhub

मोरङ बर्डफ्लू रोग प्रभावित क्षेत्र


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले मोरङका केहि क्षेत्रलाई बर्डफ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बर्डफ्लू नियन्त्रण गर्न मोरङ बिराटनगर महानगरपालिका –१८ स्थित हिमालय कृषि फार्मलाई केन्द्रबिन्दु मानी बर्डफ्लू रोग प्रभावीत क्षेत्र घोषणा गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै बैठकले धितोपत्र दर्ता तथा निष्काशन पाचौ संशोधन नियमावली स्वीकृत गरेको छ भने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण पहिलो संशोधन नियमावली स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्ले सिंगापुर इटालीको रोम र रोमानीयाको बुखारेसमा कार्यरत अबैतनीनक नेपाली महाबाणिज्यदूतहरुको समय थप गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय अन्तर्गत गोरखाको कार्य क्षेत्रमा पर्ने घर टहराको राहत स्वरुप क्षतिपूर्ति दिन स्वीकृत दिने निर्णय गरिएको छ भने फेवातालको जलाधार क्षेत्रलाई संरक्षति क्षेत्र घोषणा गर्ने राष्ट्रिय प्रसारण ११ औं संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए ।

प्रवक्ता कार्कीले रिपोर्ट र वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ बाहिर ल्याउने बताए । उनले सीमा क्षेत्रमा कुनै समस्या आए कूटनीतिक ढंगले समाधान खोज्ने बताए ।

मन्त्रिपरिषद् बैठकले नसर्ने रागको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रिय कार्ययोजना स्वीकत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै सोमबारकै मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ९ : ३० बजे

समानुपातिकको गणना अन्तिम चरणमा, रास्वपाको मत प्रतिशत घट्यो, एक सिट कांग्रेसतर्फ थपियो

काठमाडौं- समानुपातिक मत प्रणालीतर्फ निर्वाचन आयोगले मंगलबार साँझसम्म सार्वजनिक गरेको

ट्रक बिग्रिएपछि पृथ्वी राजमार्ग ठप्प, गाडीको लामो जाम (तस्बिरहरू)

काठमाडौं– धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ

विश्वकप जितेकोमा बधाई दिँदै बालेनले मोदीलाई भने : दुवै देशबीच सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने छौँ

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको टेलिफोन संवादको करिब

उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्नेछौँ : अध्यक्ष घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ