एमालेको सातै प्रदेशमा निर्वाचनकेन्द्रित प्रशिक्षण हुने « Khabarhub

एमालेको सातै प्रदेशमा निर्वाचनकेन्द्रित प्रशिक्षण हुने


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा राख्न कार्यक्रम आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।

दुईदिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको छ । उद्घाटनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी रहने छन् ।

प्रदेश १ को विराटनगमा फागुन १ र २ गते, मधेस प्रदेशको जनकपुरधाममा फागुन ३ र ४ गते, वागमती प्रदेशको काठमाडौँमा फागुन ६ र ७ गते, गण्डकी प्रदेशको पोखरामा फागुन ८ र ९ गते, लुम्बिनी प्रदेशको बुटवल तथा दाङमा फागुन ११ र १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा फागुन १४ र १५ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १६ र १७ गते प्रशिक्षण गरिनेछ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ४ : ५५ बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन