अब हामी मिलेर माओवादीलाई एक ढिक्का बनाउनुपर्छ : अध्यक्ष केसी | Khabarhub Khabarhub

अब हामी मिलेर माओवादीलाई एक ढिक्का बनाउनुपर्छ : अध्यक्ष केसी


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीलाई बलियो बनाउनतर्फ केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेकी छन् । आगामी चुनाव नजिकिँदै गर्दा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

उनले पार्टीभित्रको गुटउपगुट अन्त्य गरी अगाडी बढ्न पार्टी नेतृत्वकर्तालाई निर्देशन दिएकी छन् । आगामी निर्वाचन जित्नका लागि पनि यहाँका नेता तथा कार्यकर्ता सक्रियता पूर्वक लाग्न आवश्यक रहेको उनको धारणा छ ।

प्रेस सेन्टर जुम्लाले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रदेश अध्यक्ष केसीले पार्टीलाई सफल पार्न नकारेर लाग्न नेतृत्वलाई सचेत गराएको बताइन् । उनले भनिन्, ‘प्रेस सेन्टरले राम्रा कामको प्रचार र कमजोरीमा खबरदारि गरोस् । हामीले सधैँ यही अपेक्षा गर्ने छौं ।’

पछिल्लो समयमा नेकपा माओवादी केन्द्र जुम्ला बासीको रोजाइ बन्न थालेकाले देश र जनताको हित अनुकूल माओवादी केन्द्रले काम गर्न अनुरोध गरिन् ।

‘माओवादी गरिब, सर्वहारा वर्गको पार्टी हो । यो पार्टीले कहिले पनि सम्भ्रान्त वर्गको हितमा बोलेको छैन’, अध्यक्ष केसीले भनिन्,‘त्यसैले माओवादी केन्द्रप्रति गाउँदेखि सहरसम्मको साथ र सहयोग मिलेको छ ।’

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ५ : ४० बजे

सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले

स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो

पाथीभरामा केबलकार निर्माण सम्बन्धी विवाद समाधान गर्न वार्ता समिति गठन

काठमाडौं– सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न

इंग्लिस प्रिमियर लिग : आर्सनलसँग म्यानचेस्टर सिटी पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक