मधेश प्रदेशसभाअन्तर्गत तीन समितिका सभापतिहरू चयन « Khabarhub

मधेश प्रदेशसभाअन्तर्गत तीन समितिका सभापतिहरू चयन


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशको प्रदेशसभाअन्तर्गतका तीन समितिमा रिक्त रहेका सभापतिहरूको चयन गरिएको छ ।

मंगलबार भएको चुनावमा सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव चयन भएका हुन् ।

यी दुई समितिका लागि चार जनाको उम्मेदवारी परेको थियो । त्यस्तै, एक जनाको मात्र उम्मेदवारी परेको प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य जगतप्रसाद यादव चयन हुनु भएको छ ।

यसैबीच, सार्वजनिक लेखा समिति सभापतिसमेत सत्ता पक्षले लिएकोप्रति विपक्षी दल लोसपाले आपत्ति जनाएको छ । लेखा समितिको सभापति विपक्षी दलले पाउनुपर्नेमा मान्यतालाई गठबन्धनले बेवास्ता गरेको लोसपाका नेताहरूको आरोप छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ५ : ३८ बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन