कांग्रेस पदाधिकारी बैठकमा स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठकमा स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डा तयार गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले माघ २७ गते बस्ने कार्यसम्पादन समितिको एजेण्डा तयार गरेको हो ।

कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, १६ जिल्लाको अधिवेशन र भ्रातृ संस्थाका बिषयमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाश शरण महत्तले जानकारी दिए ।

पदाधिकारी बैठकले तयार पारेको एजेण्डाका विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल हुने र अन्तिम रुप दिने उनले बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले म्याद सकिएका भ्रातृ संस्थाको हकमा म्याद थप गर्ने, तदर्थ समिति बनाउने वा भंग गर्नेलगायतका विषयमा छलफल भएको जानकारी दिए । महामन्त्री थापाले पार्टी सभापतिसँग छलफल गरेर कार्यसम्पादन समितिको एजेण्डाले अन्तिम रुप पाउने बताए ।

कांग्रेसले हालै मात्र ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो, जसको पहिलो बैठक बैठक २७ गते बोलाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ६ : ४५ बजे

आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशतमा खुम्चियो

काठमाडौं– गत आर्थिक वर्ष २०८१-८२ मा सरकारले आन्तरिक ऋण शतप्रतिशत

पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री 

गण्डकी– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा

नागरिक उन्मुक्तिले रञ्जितालाई अध्यक्षबाट हटायो

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको छ

गोसाइकुण्डमा डुबेका दाजुभाइको शव काँधमै बोकेर धुन्चे ल्याउँदै सुरक्षाकर्मी

काठमाडौं- रसुवाको गोसाइकुण्डमा नुहाउने क्रममा यही आइतबार डुबेर ज्यान गुमाएका

मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नु जरुरी : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा तीव्र