राष्ट्रियसभा अन्तर्गतको राज्यका निर्देशक समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे अध्ययन गर्ने | Khabarhub Khabarhub

राष्ट्रियसभा अन्तर्गतको राज्यका निर्देशक समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे अध्ययन गर्ने


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पेट्रोलियम पदार्थको मूल्यका विषयमा अध्ययन गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धिको कारण लगाएतका विषयमा अध्ययन गर्न उपसमिति बनाउने निर्णय गरेको हो ।

उपसमितिको संयोजकमा दुर्गा पौडेल तथा सदस्यहरुमा खेम लोहनी र लक्ष्मी परियार रहेको समिति सभापति निरा देवी जैरुले जानकारी दिइन । उनले सरकारको कामलाई पनि सहजता प्रदान गर्नेगरि उपसमितिले अध्ययन गर्ने बताइन ।

बैठकमा नेपाल आयल निगमका निर्देशक सुशील भट्टराईले १५–१५ दिनमा मूल्य समायोजन गर्दा पनि घाटापूर्ति हुने अवस्था नरहेको बताए । निगम घाटामा गइरहेकाले तेल किन्ने समस्या सदैव देखिएको उनको भनाइ छ ।

बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थमा राज्यले लगाएको करका बारेमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए । सांसद भीम रावलले नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषण गर्ने यसअघिको योजनालाई सरकारले पुन सुरु गर्नुपर्ने बताए । त्यस्तै उनले सिधै कच्चा तेल ल्याउने बिषयमा पनि अव विचार गर्नुपर्ने बेला आएको बताए ।

सांसद दिनानाथ शर्माले पेट्रोलियम पदार्थको मागलाई घटाउनका लागि बिद्युतीय समाग्रीको प्रयोगलाई बढावा दिने नीति ल्याउनुपर्ने बताए ।

त्यस्तै सांसदहरुले चूहावट लगायत अन्य कमिकमजोरीलाई निगमले सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : १२ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा