कारबाहीमा परेकाले पार्टीबाट निकालेको सुन्दा अनौठो लागिरहेको छ : गोपाल किराती | Khabarhub Khabarhub

कारबाहीमा परेकाले पार्टीबाट निकालेको सुन्दा अनौठो लागिरहेको छ : गोपाल किराती


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) को एक पक्षले पार्टी अध्यक्ष गोपाल किरातीलाई कारबाही गरेको छ ।

एनेकपाका नेता आलोक रायमाझी पक्षले किरातीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको दाबी गरेको छ ।

माघ १४-१८ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले किरातीले पार्टी अध्यक्ष भइरहँदा गम्भीर प्रकारको गद्धारी गरेको निष्कर्ष निकाल्दै उनलाई गद्धार घोषित गरी पार्टी अध्यक्षसहित साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको जनाएको छ। उनलाई कारबाही गर्दै रायमाझीलाई अध्यक्ष बनाइएको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच किरातीले भने पार्टीले स्पष्टीकरण सोधेको व्यक्तिले आफूलाई कारबाही गरेको सुन्दा अनौठो लागेको बताए। रायमाझीले निर्वाचन आयोगमा कागजपत्र र लेखापरीक्षण बुझाउने जिम्मेवारी पार्टीबाट पाएको भएपनि पूरा नगर्दा पार्टीले आयोगमा जरीवाना तिर्नु परेको विषयमा पार्टीले स्पष्टीकरण सोधेको थियो ।

माघ २१ गतेसम्मको समयसीमा तोकेर सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीले कारबाही गरेको किरातीको भनाइ छ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : ५५ बजे

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र

चाडपर्वमा बढी भाडा नलिने गण्डकीका व्यवसायीको प्रतिबद्धता

कास्की – गण्डकी प्रदेशमा क्रियाशील रहेका विभिन्न यातायात समितिहरुले दसैँ

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद

काठमाडौं – पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले

सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ खर्ब डलरको हुने

काठमाडौं – सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ खर्ब