कारबाहीमा परेकाले पार्टीबाट निकालेको सुन्दा अनौठो लागिरहेको छ : गोपाल किराती « Khabarhub

कारबाहीमा परेकाले पार्टीबाट निकालेको सुन्दा अनौठो लागिरहेको छ : गोपाल किराती


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) को एक पक्षले पार्टी अध्यक्ष गोपाल किरातीलाई कारबाही गरेको छ ।

एनेकपाका नेता आलोक रायमाझी पक्षले किरातीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको दाबी गरेको छ ।

माघ १४-१८ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले किरातीले पार्टी अध्यक्ष भइरहँदा गम्भीर प्रकारको गद्धारी गरेको निष्कर्ष निकाल्दै उनलाई गद्धार घोषित गरी पार्टी अध्यक्षसहित साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको जनाएको छ। उनलाई कारबाही गर्दै रायमाझीलाई अध्यक्ष बनाइएको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच किरातीले भने पार्टीले स्पष्टीकरण सोधेको व्यक्तिले आफूलाई कारबाही गरेको सुन्दा अनौठो लागेको बताए। रायमाझीले निर्वाचन आयोगमा कागजपत्र र लेखापरीक्षण बुझाउने जिम्मेवारी पार्टीबाट पाएको भएपनि पूरा नगर्दा पार्टीले आयोगमा जरीवाना तिर्नु परेको विषयमा पार्टीले स्पष्टीकरण सोधेको थियो ।

माघ २१ गतेसम्मको समयसीमा तोकेर सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीले कारबाही गरेको किरातीको भनाइ छ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : ५५ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक