बेडरूममा हुने यी गल्तीले घरमा भित्र्याउँछ नकारात्मकता « Khabarhub

बेडरूममा हुने यी गल्तीले घरमा भित्र्याउँछ नकारात्मकता


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रमा घरको भान्सा, पूजा घर, बेडरूम आदिको विशेष महत्त्व छ । यी स्थान सही दिशामा हुन र यसमा राखिने चीज सही हुनु पर्ने वास्तुको मान्यता छ । यदि यी चीज सही नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुने वास्तुको मान्यता छ । यस्तोमा बेडरुममा हुने केही गल्ती सुधार गर्न वास्तुको सुझाव छ ।

– घरको उत्तर दिशामा घरका मुलीको बेडरूम हुनु अशुभ मानिन्छ । उत्तर दिशा कुबेरको दिशा भएकाले घर मुली यस दिशामा सुत्दा घरमा आर्थिक अभाव हुने वास्तुको मान्यता छ ।

– विवाहित जोडीको बेडरूम घरको पूर्व दिशामा हुनु पर्ने वास्तुको मान्यता छ । यसले उनीहरुको सम्बन्धमा र घरमा नकारात्मकता भित्राउने मान्यता छ ।

– घरमा पूर्वजका तस्बिर राख्नु राम्रो हो तर ती तस्बिर उत्तर दिशामा भने हुनु हुँदैन । मृतकका तस्बिर घरको उत्तर दिशामा राखे यसले धनको हानि गर्ने मान्यता छ ।

– पूर्व र दक्षिणको बीचको भागलाई आग्नेय कोण भनिन्छ । यहाँ बेडरूम राख्नु हुँदैन । अन्यथा अनिद्रा र तनावको सिकार हुने वास्तुको मान्यता छ । यस दिशामा सुत्ने व्यक्ति क्रोधी र गलत निर्णय लिने स्वभावको हुने मान्यता छ ।

– वास्तुशास्त्र अनुसार घर मुलीको बेडरूम दक्षिण दिशामा हुनु सबैभन्दा शुभ मानिन्छ । साथै सुत्दा दक्षिण दिशा तर्फ शिर पारेर सुते शुभ मानिन्छ । यसले घरमा शुभ हुने मान्यता छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : २० बजे

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट