नेपालको व्यापार घाटा ४६.६ प्रतिशतले बढ्यो (प्रतिवेदनसहित) « Khabarhub

नेपालको व्यापार घाटा ४६.६ प्रतिशतले बढ्यो (प्रतिवेदनसहित)


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट नेपालको व्यापार घाटा ४६ दशमलव ६ प्रतिशतले बढेको देखिएको हो।

पुससम्म कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले बढेर रु. ८८० अर्ब ४९ करोड पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो अनुपात ९.२ प्रतिशत थियो।

चालु आर्थिक वर्ष ६ महिनामा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भएर ११८ अर्ब ८५ करोड पुगेको छ। गत वर्ष यही महिना यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिमा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई रु. ९९९ अर्ब ३४ करोड पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा चालु खाता ३५४ अर्ब ६९ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्ष यही अवधिमा चालु खाता रु. ५१ अर्ब ६८ करोडले घाटा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा बढेर २ अर्ब ९७ करोडले घाटामा रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. २४१ अर्ब २३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति रु. १२४ अर्ब ९२ करोडले बचतमा रहेको थियो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ५.५ प्रतिशतले कमी आई रु. ४६८ अर्ब ४५ करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो।

यसैगरी पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २.०९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ५ : ०५ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट