नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुग्यो « Khabarhub

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुग्यो


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १६ हजार ३५६ जनाको स्वास्थ्य परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको छ ।

११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५१ जनामा कोरोना पुष्टि भएको छ भने ४ हजार ७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ७ हजार ७७७ जनाले कोरोनालाई जितेका छन् । २ हजार ४०१ संक्रमित थपिएर ७ हजार ७७७ जना डिस्चार्ज भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको हो । उनीहरूको विभिन्न अस्पताल तथा होम आइसोलेसन र संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।

थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८५२ पुगेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : १५ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति