शनिलाई किन क्रुर ग्रह भनिन्छ ? केही बानी सुधारे सकारात्मक प्रभाव « Khabarhub

शनिलाई किन क्रुर ग्रह भनिन्छ ? केही बानी सुधारे सकारात्मक प्रभाव


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नौ ग्रहमध्ये शनि ग्रहलाई ज्योतिषशास्त्रमा क्रुर ग्रहको रुपमा लिइन्छ । शनि ग्रहको साढेसाती तथा महादशाबाट मानिसहरुमा विशेष डर रहने गर्दछ । यद्यपि, ज्योतिषले नै शनि ग्रहलाई नराम्रो ग्रहको रुपमा भने मानेको छैन । बिना कारण शनिले कसैलाई पनि समस्यामा पार्दैन । त्यसैले शनि ग्रहको प्रभावबाट बच्न कुनै ठूलो पूजा–पाठ नै लगाउनु पर्छ भन्ने पनि छैन ।

तर, यसका लागि भने आफुमा भएका केही आनी–बानी तथा व्यवहारमा भने परिवर्तन गर्न आवश्यक छ । आनी–बानी तथा व्यवहारमा परिवर्तन गर्न सकेको खण्डमा शनिको प्रभावबाट टाढा रहन सकिने ज्योतिषशास्त्रको मान्यता छ ।

किन शनि ग्रहलाई नराम्रो दशाको रुपमा लिइन्छ ?

ज्योतिषशास्त्रमा शनिलाई श्रम, न्याय, गरिब मजदुर वर्गका ग्रहको रुपमा मानिन्छ । त्यसैले यो ग्रहले सेवकको पद प्राप्त गरेको छ । यसै कारण शनिलाई आलस्य, अन्याय तथा गरिब मजदुर वर्गको शोषणविरुद्धको ग्रहका रुपमा लिइन्छ ।

शनिलाई श्रमको देवताको रुपमा पूजिन्छ । त्यसैले शनि ग्रहले आफ्नो प्रभावमा आउने मानवलाई अधिकतम श्रम गराउँने गर्दछ । गलत कामको सबै परिणाम दिनु शनि ग्रहको कार्य हो । शनि ग्रहले अल्छि र अन्याय गर्ने मानवलाई नराम्रो परिणाम दिने भएकाले यसलाई क्रुर ग्रहको रुपमा मानिएको हो ।

आनीबानीमा के परिवर्तन गरे लाभ ?

यदि तपाईं शनि ग्रहको साढेसाती वा महादशाबाट ग्रसित हुनुहुन्छ । र, पूजा–पाठ विधिबाट पनि छुट्कारा पाइराख्नु भएको छैन भने आफ्नो आनीबानीलाई परिवर्तन गर्न आवश्यक हुन्छ ।

क) हाम्रो शरीरको खुट्टा तथा पसिनामा आउने गन्धलाई शनिको वासना मानिन्छ । खुट्टा चलिरहेको होस्, यसको मतलब श्रम भइरहेको हो ।       शरीरबाट पसिना आइरहन्छ भने राति सुत्नु अगाडि सँधै नुहाउने बानी बसाल्नुहोस् ।

ख) आफुभन्दा मुनिका कर्मचारी तथा मजदुरसँग नराम्रो व्यवहार गर्न वा उनीहरुलाई प्रताडित गर्ने कार्य बन्द गर्नुहोस् । त्यसो गर्नुको सट्टा उनीहरुलाई सहयोग तथा सम्मान गर्नुहोस ।

ग) गरीब दुःखीलाई सहयोग गर्नुहोस् । गरिब बालबालिकाको पढाईमा मद्दत गर्ने बानी बसाल्नुहोस् ।

घ) आफुले गर्ने काममा छल्ने प्रवृत्ति हटाउनुहोस् । जुनसुकै काम भएपनि त्यसलाई प्राथमिकताका सम्पन्न गर्ने बानी बसाल्नुहोस् । कामलाई कहिल्यै पनि बाँकी नराख्नुहोस् ।

ङ) कुनै पनि परिस्थितिसँग नडराउनुहोस् । जुनसुकै संकटको डटेर सामना गर्नुहोस् । यदि तपाईं कुनै पनि परिस्थितिबाट भाग्नु हुन्छ भने थप बढी समस्या पर्नेछ ।

छ) आर्थिक कारोबार तथा लगानी गर्दा सावधानी अपनाउनु होला ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ६ : ३५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले