रारा साइकल मार्ग निर्माणमा कमिसनको चलखेल भएको आरोप « Khabarhub

रारा साइकल मार्ग निर्माणमा कमिसनको चलखेल भएको आरोप


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा साइकल मार्ग निर्माण गर्न खोलेको ठेक्कामा कमिसनको चलखेल भएको व्यवसायीहरूले आरोप लगाएका छन् । कमिसनको चलखेल गरी डिभिजन वन कार्यालयले ठेक्का स्वीकृत गर्न लागेको निर्माण व्यवसायीहरूले आरोप लगाएका हुन् ।

उक्त ठेक्कामा क्याराभान थोदुङ, खड्का–निशान जेबी र लामा–हिमाल बुद्ध कम्पनीले आवेदन दिए । तर, आन्तरिक मिलोमतोमा हिमाल बुद्धको निवेदन झिक्न लगाएर क्याराभान र खड्का–निशानलाई प्रतिस्पर्धी बनाएर क्याराभानलाई ठेक्का दिन लागेको श्रोतको दावी छ ।

रारामा साइकल मार्ग बनाउन कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको ४५ करोड रुपैयाँमा डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको हो । तर, मन्त्रालयका सचिवदेखि कार्यालय प्रमुख समेतको मिलेमतो र आर्थिक चलखेलमा गलत मापदण्ड बनाएर ठेक्का सम्झौता गर्न लागेको निर्माण व्यवसायीहरूको आरोप छ ।कार्यालयले १३ प्रतिशत भ्याट कटाएर ४५ करोडमा ठेक्का आह्वान गरेको थियो ।

रारा साइकल मार्ग निर्माणको लागि गत आर्थिक बर्ष ०७७/७८ मा तीन करोड बिनियोजित भएको थियो । उक्त रकमबाट पनि काम नभइ कार्यालयले भुक्तानी गरेको आरोप छ । महादेव झ्यारी निर्माण सेवाका सञ्चालक हरि रावलका अनुसार अहिले पनि मिलेमतोमा ठेक्का दिने तयारी भइरहेको छ । जिल्लाभित्रका कम्पनीलाई पन्छाउने गरि गतल मापदण्ड बनाएर ठेक्का सम्झौता गर्न लागेको उनको आरोप छ । वन कार्यालयले खोलेको उक्त ठेक्कामा जिल्लाभित्रका एउटा फर्म पनि मापदण्ड भित्र नपर्ने व्यवस्था गरेको उनको भनाइ छ । कार्यालयले खोलेको ठेक्कामा क्याराभान, लामा, हिमाल बुद्धलाई नै प्राथमिकता राखेको नागरिक अगुवाहरूको दावी छ ।

सार्वजनिक खरिद ऐनमा ठेक्कापट्टामा जति धेरै कम्पनीको प्रतिस्पर्धा भयो उति धेरै राजश्व संकलन हुने र पारदर्शिता हुने भए पनि वन कार्यालयले तीन वटा मौ मात्र दर्ता गराएको छ । आर्थिक चलखेलमै रारा साइकल मार्गको ठेक्का सम्झौता गर्न लागिएको निर्माण ब्यासायी संघका अध्यक्ष हिमाल टमाटाको पनि आरोप छ । उक्त ठेक्का सार्वजनिक खरिद ऐन विपरित देखिएको उनको भनाइ छ ।

कार्यालयले ठेक्का खुलाउँदा नै २५ करोडभन्दा माथिका सडक निर्माण गरेको, २३ सय घटमिटर ढुंगा बिछ्याएको फर्मले मात्र आवेदन दिन मापदण्ड बनाएको छ । अर्कोतर्फ डीपीआरमै बजेट चार गुना बढाएर मन्त्रालयसँग माग गरी ठेक्का खोलेको आरोप छ । करिब १२ करोडमा सकिने काम ४५ करोड पुर्‍याएको स्थानीय व्यावसायीहरूको आरोप छ ।

कुनै अनियमितता भएको छैन : डिभिजन सडक
डिभिजन वन कार्यालय मुगुका डिभिजन वन अधिकृत भरतबहादुर बुढथापाले भने ठेक्कामा मिलोमोतो नभएको प्रष्टाए । व्यवसायीहरूले गलत आरोप लगाउँदै आएको उनको भनाइ छ । ‘डीपीआर बमोजिमनै ठेक्का अघि बढाइएको हो ।’ उनले भने, ‘डीपीआरअनुसार मापदण्ड नपुग्ने फर्मले ठेक्का हाल्नै पाएनन्, अहिलेसम्म कुनै पनि कम्पनीलाई स्वीकृति गरिएको छैन । दुबै फर्म मुल्यांकनकै प्रकृयामा छन् ।’

कर्णाली प्रदेश सरकारले साइकल मार्गका लागि पहिलो बर्षको सभामै चार करोड छुट्टयाएको थियो । पहिलो र दोश्रो बर्षसम्म उक्त बजेट कार्यान्वयन हुन नसक्दा योजना अलपत्र परेको थियो । सरकारले तेस्रो वर्ष भने तीन करोड बजेट विनियोजन गरी निर्माण थालेको थियो ।

आरोप बारे अब अध्ययन गर्छु : प्रजिअ
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले रारा साइकल मार्ग ठेक्काको बिषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । तर आरोप लागेपछि डिभिजन प्रमुख बुढथापालाई कार्यालय बोलाएर अध्ययन गर्ने उनले बताए ।

तीन बर्षभित्र रारा वरिपरि १३ किलोमिटर लम्बाई तीन मिटर चौडाइ साइकल मार्ग निर्माण गरीसक्ने तयारी छ । तर ठेक्का लाग्ने क्रममै विवाद सुरु भएपछि समयमै काम नसकिने हो की भनेर गरी स्थानीयमा आशंका उत्पन्न भएको छ ।
– न्यूज कारखानाबाट

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १० : १० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट