एनएनआईपीए स्पोर्टस् अवार्डको तयारी « Khabarhub

एनएनआईपीए स्पोर्टस् अवार्डको तयारी


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले एनएनआईपीए स्पोर्टस् अवार्ड फागुन १७ गते गर्ने निर्णय गरेको छ ।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्ड कार्यक्रम ललितपुरस्थित वज्रवाराही मन्दिरमा हुने जनाएको हो ।

यसपटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलकुदका संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने संघले जनाएको छ ।

२७ खेलका उत्कृष्ट खेलाडीले १० हजारसहित ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट खेलाडीमध्येबाट एक पुरुष र एक महिला सर्वाेत्कृष्ट खेलाडी चयन गरिने छ । जसले नगद १ लाख पुरस्कार प्राप्त गर्ने छन् ।

त्यसैगरी, एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी चयन गरिने र विजयीले ५० हजार प्राप्त गर्ने छन् । एक पुरुष र एक महिला उदीयमान खेलाडी चयन गरी ५० हजार नगदले सम्मान गरिने छ । खेलकुदमा जीवन व्यतित गर्ने र खेलकुदको विकासमा योगदान पु¥याएकालाई गजराज आदर्श खेल व्यक्तित्व पुरस्कारबाट सम्मान गरिने छ ।

यस्तै, एक खेल पत्रकारलाई २५ हजार राशीको एनएनआईपीए खेल पत्रकार पुरस्कारबाट सम्मान गरिने छ । एक जनालाई भने १० हजार राशीको वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्ड दिइने छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ५ : ५५ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट