सौर्य आँधीले ‘स्पेस एक्स’का दर्जनौं स्याटेलाइट ध्वस्त | Khabarhub Khabarhub

सौर्य आँधीले ‘स्पेस एक्स’का दर्जनौं स्याटेलाइट ध्वस्त


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौर्य आँधीका कारण स्पेस एक्सका दर्जनौं स्याटेलाइट नष्ट भएका छन् । प्रक्षेपण भएको भोलिपल्टै भू–चुम्बकीय आँधीका कारण एलन मस्कको कम्पनीस्पेस एक्सका स्याटेलाइटहरू ध्वस्त भएको बीबीसीले जनाएको छ ।

सौर्य आँधीले पृथ्वीको वायुमण्डललाई पनि केही प्रभावित गरेको थियो । यी स्याटेलाइट फ्लोरिडास्थित केनेडी स्पेस सेन्टर स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत फेब्रुअरी ३ मा लन्च गरिएका स्याटेलाइटलाई असर पुगेको हो ।

स्पेस एक्सका मालिक एलन मस्कले प्रक्षेपण गरेका ४९ मध्ये ४० वटा स्याटेलाइटहरूलाई भू–चुम्बकीय आँधीका कारण असर परेको जनाइएको छ । हजारौं स्याटेलाइटमार्फत् उच्च गतिको इन्टरनेट दिने उद्देश्यका साथ स्टारलिंक इन्टरनेट परियोजना सुरु गरिएको हो ।

स्पेस एक्सले सन् २०१९ देखि स्टारलिंक स्याटेलाइट प्रक्षेपण गर्दै आएको छ । यसमा सयौं स्याटेलाइटहरूलाई एउटा तारामण्डल जस्तो बनाएर उच्च गतिको इन्टरनेट सेवा पु¥याउने लक्ष्य राखिएको हो । हालसम्म १९ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट लन्च भएका छन् ।

आँधीले असर पारेका स्याटेलाइटहरू अस्थायी स्थानमा रहेको र कम्पनीलाई २० मिलियन डलरको क्षति भएको बताइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : ४० बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो