बच्चा चोरी घटनाका संलग्न तीन जना पक्राउ « Khabarhub

बच्चा चोरी घटनाका संलग्न तीन जना पक्राउ


२७ माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बच्चा चोरी आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-८ पगला बाबा नजिकैबाट बुधबार बच्चा चोरी गर्ने गिरोह पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी चोरी कार्यमा संलग्न रहेको आरोपमा धनुषा गणेशमान चारनाथ नगरपालिका-१० का संजित मुखियाकी ३५ वर्षीया श्रीमती मनीषा देवी मुखिया, औरही गाउँपालिका-१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ बस्ने बिगुल मुखियाकी २० वर्षीया श्रीमती किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका-४ घर भई जनकपुरधाम उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जनकपुरधाम-७ बस्ने मोहम्म अमिर राइनका ७ महिने छोरा अख्तर आफ्ना ७ वर्षीया बहिनी एलिजा खातुनसँग घर नजिकै खेलिरहेको अवस्थामा बुधवार साँझ ६ बजे मनीषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किनेर ल्याइदिन भनेका थिइन् । एलिया कुरकुरे किन्न पसलमा गएलतै मनीषा अख्तरलाई लिएर भागेका थिइन् ।

घटना भए लगत्तै एलिजाले रातो साडी लगाएको महिलाले भाइलाई लिएर भागेको जानकारी गराएपछि सार्वजनिक सञ्चालन फेसबुकसहितमा बच्चाको फोटो राखी जनस्तरबाट पनि खोजीको कार्य भएको थियो ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि घटनाको जानकारी पाए लगतै प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वको टोली खोजतलासमा खटिएको थियो । प्रहरीले खोजतलासको क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम-१९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

मनीषासँगै पक्राउ परेकी महिला किरण राम र यादवले बच्चा चोरीमा सहयोग गरेको प्रहरीको भनाई छ । बच्चा चोरीमा सघाएर मनीषाले यादवलाई १३ हजारसमेत दिएको उनले बताए । उपरीक्षक रजौरेले मनीषालाई छोरा नभएकाले जसरी पनि छोरा चाहियो भनेर बच्चा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

पक्राउ परेकाहरूमाथि अपहरण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ८ : १० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम