जहाज नगएपछि साउदीबाट स्वदेश फर्किन लागेका सयौँ यात्रुको विमानस्थलमा बिचल्ली « Khabarhub

जहाज नगएपछि साउदीबाट स्वदेश फर्किन लागेका सयौँ यात्रुको विमानस्थलमा बिचल्ली


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा : हिमालय एयरलाइन्सले साउदी अरबबाट नेपाल जान लागेका १५० जना यात्रुलाई अलपत्र पारेको छ। एयरलाइन्सले बिना जानकारी बुधबारको उडान रद्द गरेपछि त्यहाँबाट नेपाल फर्किन लागेका कैयौँ नेपाली यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् ।

बुधबार अर्थात् फेब्रुअरी ९ तारिख दिनको २:१० बजेको उडान मार्फत साउदी अरबको राजधानी रियादबाट नेपालका लागि तय गरिएको हिमालय एयरलाइन्सको जहाज नआएपछि कैयौँ यात्रुहरू अलपत्र परेको बताइएको छ ।

एक्जिट लागेका तथा नियमित बिदामा नेपाल फर्किन लागेका यात्रुहरू जहाज नआएको भन्दै आक्रोशित भनेका थिए । अन्तिम समयमा आएर उडान स्थगित हुँदा त्यहाँका विभिन्न ठाउँबाट विमानस्थल आएका यात्रुहरू अलपत्र अवस्थामा थिए ।

एयरलाइन्सको विमान यात्रुहरूलाई जानकारी नै नदिई रुद्ध गरिएपछि सामान सहित एयरपोर्टमा पुगेका यात्रुहरू बिचल्लीमा परेका थिए । एयरलाइन्सको गैर जिम्मेवारीको कारण दुख पाएको यात्रुहरूले एयरलाइन्स प्रति आक्रोश पोखे।

उडान रुद्ध भएपछि एयरलाइन्सले शुक्रबार अर्थात् आज बिहानसम्म होटेलमा राखेको र टिकटको पैसा फिर्ता गरेको छ भने पीसीआर परीक्षणको पैसा फिर्ता नदिएको भन्दै पीडितहरूले पीसीआरको पैसा पनि पाउनु पर्ने माग गरेका छन्। त्यहाँ रहेको एयरलाइन्सका प्रतिनिधिले कुनै सहयोग नगरी सम्पर्कविहीन भएको उनीहरूले आरोप लगाएका छन् ।

यस विषयमा हिमालय एयरलाइन्सका साउदीका प्रतिनिधिलाई बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । यता, हिमालय एयरलाइन्सको काठमाडौँस्थित कार्यालयले भने साउदी अरेबियाको रियाद र दमामबाट काठमाडौँ ओहोरदोहोर गर्ने उडान स्थगित गरिएको जनाएको छ ।

एयरलाइन्सले एक सूचना जारी गर्दै अपरिहार्य परिस्थितिका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म काठमाडौँ-दमाम-काठमाडौँ र काठमाडौँ-रियाद-काठमाडौँ क्षेत्रहरूका लागि कुनै पनि यात्रुवाहक उडानहरू सञ्चालन गर्न असमर्थ रहेको जनाएको छ ।

`यस क्षेत्रहरूका लागि उडानहरू अवस्था सामान्य भएपछि सञ्चालनमा आउने कुराको सुनिश्चितता पनि यसै सूचनाद्वारा गराउँदछौं ´एयरलाइन्सले जारी गरेको सूचनामा भनिएको छ ।

टिकट पूर्ण रिफन्ड र नि:शुल्क रिशेड्युल सुविधाको लागि एयरलाइन्सको सम्बन्धित ट्राभल एजेन्सी वा हाम्रो विक्री कार्यालयमा सम्पर्क राख्नु पनि एयरलाइन्सले भनेको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : ५६ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन