ओमानबाट नेपाललाई १३६ रनको लक्ष्य | Khabarhub Khabarhub

ओमानबाट नेपाललाई १३६ रनको लक्ष्य


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली ओमानले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ ।

शुक्रबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन बनायो ।

ओमानका कप्तान जीसान मक्सूदले सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलमा ४ चौका र एक छक्का हिर्काए । त्यस्तै मोहम्मद नदीमले ३१ रन जोड्दा जतिन्दर सिंहले १३ रनको योगदान गरे ।

यसअघि, ओमानको अल अमेरात मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अविनाशले २६ रन खर्चिएका थिए । यस्तै कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिए ।

ओमानविरुद्ध नेपालका सागर ढकाल, विवेक यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नेपालले दोस्रो खेलमा शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ६ : १५ बजे

आईपीओमा कमिसनको चलखेल विषयमा कम्पनीहरूको विरोध

काठमाडौं– जलविद्युत कम्पनीको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्ने सम्बन्धमा

विश्व स्मृति एवं मेलमिलाप दिवस आज

काठमाडौं– आज विश्व स्मृति एवं मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरि

महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह

कञ्चनपुर- एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा महेन्द्रनगरमा अपाङ्गमैत्री पैदलमार्गसहितको

कनकाई कोशीको पाँचौँ बालमैत्री नगर

झापा– झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको

रेबिजबाट एक जनाको मृत्यु

चितवन– रेबिज रोगबाट इच्छाकामना गाउँपालिका– २ का ३२ वर्षीय मीनबहादुर