मधेशमा आइतबार सार्वजनिक बिदा | Khabarhub Khabarhub

मधेशमा आइतबार सार्वजनिक बिदा


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

२७ औँ जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिन लागिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्रालयले सूचना जारी गरी फागुन १ गते आइतबारका दिन बिदा दिइएको जनाएको छ ।

२०५२ फागुन १ गतेदेखि माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको थियो । यसै दिनको स्मरणमा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।

गठबन्धनको सरकार रहेको मधेश प्रदेशमा नेकपा माओवादी केन्द्र पनि सत्ताधारी दल हो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ९ : १० बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने

ताप्लेजुङको ढङ्ढङ्गे झरना ओझेलमा

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझै

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे– काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । काभ्रेका

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको