छेउमै आकाशेपुल हुँदा पनि सडकबाटै बाटो काट्छन् पैदलयात्रु « Khabarhub

छेउमै आकाशेपुल हुँदा पनि सडकबाटै बाटो काट्छन् पैदलयात्रु


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – पैदल यात्रुको सहजताका लागि रुपन्देहीका थुप्रै ठाउँमा आकाशे पुल बनाइएको छ । तर, ती सबै पुल प्रयोग हुँदैनन् । भैरहवा, बुटवलका मुख्य चोकमा आकाशे पुल निर्माण गरिए पनि यसको प्रयोग गर्नेको संख्या भने न्यून छ । अधिकांश पैदल यात्रु सडकबाटै हिँडिरहेका हुन्छन् । जसले गर्दा सडकमा सवारीको जाम हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

व्यस्त सडकमा समेत पैदल यात्रु पुल छाडेर बीच सडकबाटै हिँडिरहेका भेटिन्छन् । पैदलयात्रुका कारण पनि ट्राफिक जाम हुने गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । पैदल यात्रुले आकाशेपुलबाट बाटो नकाट्दा दुर्घटनाको जोखिम बढ्ने गरेको प्रहरीको भनाइ छ।

पैदलयात्रुलाई ट्राफिक नियम पालन गर्न लगाउने काम पनि ट्राफिक प्रहरीकै हो । तर, उनीहरूलाई पुलको प्रयोग गर्न बाध्यकारी बनाएको देखिँदैन । भैरहवामा आँखा अस्पताल, बसपार्क र बर्मेलीचोकमा आकाशे पुल निर्माण गरिएका छन् । बुटवलमा  डाईभरटोल, योगीकुटी, कालिकास्कुल, राजमार्ग चौराह, मिलनचोक, ट्राफिकचोक र अञ्चल अस्पताल अगाडि आकाशे पुल निर्माण भएका छन् । आकाशे पुल अपाङ्गमैत्रीसमेत छन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दिवस जिसीले आकाशेपुलको प्रयोग गराउन योजना बनाएर काम गरिरहेको जानकारी दिए । ‘पहिलो कुरा त यात्रु स्वयं सचेत हुने कुरा हो,’ उनले भने, ‘हामीले सुरुमा जनचेतना फैलाउने काम गरेका छौँ । त्यसपछि जनशक्ति पुगेसम्म आकाशेपुलमा ट्राफिक प्रहरी राखेर पनि प्रयोग गर्न लगाउने योजनामा छौँ ।’

पैदलयात्रुले आकाशे पुल र जेब्रा क्रसिङ प्रयोग गरे दुर्घटना घट्ने र यात्रा सफल हुने उनले बताए । आकाशे पुल तथा जेब्रा क्रसिङको दूरी टाढा भए पनि सुरक्षाका लागि ५-१० मिनेट हिँड्न ग्राह्रो मान्न नहुने उनले बताए । पैदलयात्रुलाई सुरक्षित यात्रा गराउन बाटो काट्दा होसियारी अपनाउनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।

‘दुर्घटनामा मृत्यु हुने धेरैजसो घटनामा पैदलयात्रुको पनि गल्ती हुन्छ। जहाँतहाँबाट हात देखाएर गाडी रोक्दै सडक पार गर्छन्। आफूले सुरक्षित भएर हिँड्नुपर्छ भन्ने मनमा नराखेर हिँड्दा कैयौँको मृत्यु भएको छ,’ जिसीले भने। प्रहरीले विभिन्न स्थानमा ट्राफिक नियम पालना नगरी हिँडिरहेकालाई सोही स्थानमा भेला गरी कक्षा दिने कार्यक्रम पनि ल्याएको थियो। यसरी नियम मिच्ने पैदलयात्रीले समेत आधादेखि दुई घण्टासम्म सचेतना कक्षा लिनुपर्थ्यो। त्यो पनि प्रभावकारी हुन सकेन । अहिले पनि अधिकांश पैदल यात्रु ट्राफिक नियम पालना गर्दैनन्।

यात्रुको चाप र दुर्घटना सम्भावित क्षेत्रलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको र यसको प्रयोगका लागि यात्रुमा बानीको विकास गर्नु जरुरी रहेको बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले बताए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ३० बजे

बीपी प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गरिने 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको

अस्ट्रेलिया–फिजीबीच रक्षा सम्झौता, दक्षिण प्रशान्तमा सुरक्षा सहकार्य सुदृढ हुने

सुभा– अस्ट्रेलिया र फिजीले दक्षिण प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य थप

श्रम संस्कृतिको चेतावनी- संविधान संशोधनका नाममा प्रदेश खारेज गर्ने दुस्साहस गरे स्वीकार्य हुँदैन

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संविधान संशोधनका

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी