हराएका दुई बालबालिका फेला « Khabarhub

हराएका दुई बालबालिका फेला


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – प्रहरीले हराएका दुई बालबालिकालाई धनुषाको जनकपुरधामबाट फेला पारेर अभिभावकको जिम्मा लगाएको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका–२ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–१४ मनिपालबाट हराएका दिपिका दासका पाँच वर्षीय छोरा दीक्षान्त र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का बुधनु मुखियाकी ६ वर्षीया छोरी सोनीकुमारीलाई जनकपुरधामबाट फेला पारी अभिभावकको जिम्मा लगाएको छ ।

दीक्षान्तलाई जनकपुरधाम–९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुल चोकबाट शुक्रबार फेला पारी अभिभावकको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

दीक्षान्त घर नजिकैबाट र सोनी जनकपुरधामस्थित जानकी मन्दिरबाट हराएको सूचना पाएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो । साना बच्चा हराउने क्रम बढेको भन्दै प्रहरीले सचेतना अपनाउन अपिल गरेको छ । बिहीबार प्रहरीले बच्चा चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : २० बजे

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह : चीनसँग नियमित अनुगमन

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६