दार्चुलामा भेटियो भारतीय डिभाइसयुक्त शंकास्पद बेलुन « Khabarhub

दार्चुलामा भेटियो भारतीय डिभाइसयुक्त शंकास्पद बेलुन


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको छ । राति करिब ८ बजेतिर तीन ओटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुन सिंह ठगुन्नाले बताए ।

आकाशमा उडिरहेको बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्रीजडित डिभाइस पाइएको उनले बताए ।

विद्युतीय यन्त्र जस्तो देखिने उक्त वस्तुभित्र मेमोरी कार्ड जस्ता प्लेटहरू, तीन ओटा ब्याट्री जडान गरिएको छ भने भारतीय मोबाइल नम्बर लेखिएको छ ।

उक्त मोबाइल नम्बरमा फोन गर्दा उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागको रहेको जानकारी प्राप्त भएको छ । भारतीय मौसम विज्ञान विभागले वायुमण्डलको डाटा संकलनका लागि बेलुन बाँधेर उक्त डिभाईस उडाउने गरेको फोनका जवाफ मिलेको उनले बताए ।

नौगाड गाउँपालिकाका योजना शाखा अधिकृत नरेन्द्र ठगुन्ना, विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण सिंह ठगुन्ना लगायतको टोली पनि उक्त स्थानमा पुगेको थियो । उक्त विषयमा बुझ्न प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।
यसअघि पनि दार्चुलाको आकाशमा यस्ता शंकास्पद वस्तुहरू फोला पर्ने गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १ : ३० बजे

भस्मेखोला निमकोट लप्से सिँचाइ कुलो निर्माण धमाधम हुँदै

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-३ निमकोट र लप्सेका खेतीकिसानका लागि महत्त्वपूर्ण

वायु प्रदूषण घटाउ विश्व बैंकबाट सात अर्ब सात करोड बढी सहयोग

काठमाडौँ– विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर

मध्यपूर्व तनाव : इजरायल र अमेरिकी सैन्य अखडा लक्षित इरानी आक्रमण

एजेन्सी – मध्यपूर्वमा युद्धको ज्वाला थप दन्किएको छ । इरानले

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा एक करोड ६७

सुनको मूल्य बढ्यो, कतिमा कारोबार भइरहेछ ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल