नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान « Khabarhub

नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो ।

निगमको वाइडबडी ए–३३० जहाजले आज बिहान २:५५ बजे काठमाडौँबाट त्रिपोलीका लागि उडान भरेको हो । उक्त जहाज त्रिपोलीको स्थानीय समयानुसार १० बजे अवतरण गर्ने र आजै राति २३:१५ मा काठमाडौँ फर्किने निगमले जनाएको छ । यो गन्तव्यमा एकतर्फीरूपमा करिब ११ घण्टाको उडान हुनेछ ।

निगमलले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (युएन)को शान्ति मिसनमा लैजान अफ्रिकन तीन मुलुकमा चार्टर्ड उडान गरेको थियो । नेपाल एयरलाइन्सले साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  २ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत