जुम्ला– कर्णाली सरकारले जुम्लामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही एक–एक लाख रुपैयाँ दिएको छ ।
कोभिड १९ को संक्रमणबाट मृत्यु भएका २२ जनाको परिवारलाई प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराइएको हो । उनीहरूलाई कोषबाट जिल्ला प्रशासन कार्यालयमार्फत् रकम दिइएको छ ।
जुम्लामा पहिलो चरणको कोरोनाका कारण कसैको मृत्यु भएको थिएन । दोस्रो चरणमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जनाइन् ।
प्रतिक्रिया