मुलुकको अर्थतन्त्रका बारेमा पूर्वअर्थमन्त्री फोरममा छलफल | Khabarhub Khabarhub

मुलुकको अर्थतन्त्रका बारेमा पूर्वअर्थमन्त्री फोरममा छलफल


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वअर्थमन्त्रीहरुले देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयमा छलफल गरेका छन् ।

पूर्वअर्थमन्त्री फोरमको बैठक आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को कार्यालयमा आयोजना गरिएको थियो ।

बैठकमा सहभागी पूर्वअर्थमन्त्रीहरुलाई बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले स्वागत गरेका थिए ।

बैठकमा विप्रेषण बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी, उद्यमशीलताको विकास गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयमा बृहत् छलफल भएको सिबिफिनले जनाएको छ ।

बैठकमा पूर्वअर्थमन्त्री डा रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको फोरमका सदस्यसचिव विमल केडियाले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ३० बजे

रविबारे प्रधानमन्त्रीले भने- अनुसन्धान हुँदैछ, अदालतमै उफ्री उफ्री कराउनु ठिक होइन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायीक प्रक्रियामा रहेका बिषयमा विरोध

महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेश

काठमाडौं- बंगलादेश साफ च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ

आइतबार नौ अङ्कले घट्यो नेप्से, कुन समूह कस्तो ?

काठमाडौं – आइतबार पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अङ्कले

उद्योगमन्त्री भण्डारीको दाबी – लगानी वातावरण बनाउन सरकार प्रतिबद्ध

काठमाडौं –  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार

ट्रम्पलाई किन खोज्दैछन्‌ नेतन्याहू ?

एजेन्सी – अमेरिकी राष्ट्रपति को चुनाव नजिकिंदै गर्दा इजरायली प्रधानमन्त्री