तपाईंकी सासुआमा पनि रुखो स्वभावकी छन् ? यसरी सहज बनाउनुहोस घर–व्यवहार « Khabarhub

तपाईंकी सासुआमा पनि रुखो स्वभावकी छन् ? यसरी सहज बनाउनुहोस घर–व्यवहार


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक युवती विवाहित महिला बन्दा उसको व्यक्तिगत जीवनमा आमूल परिवर्तन आउँछ । श्रीमान्को घरका सबै व्यक्तिको व्यवहार थाहा नहुँदा कोसँग कसरी प्रस्तुत हुने भन्ने अन्यौलताले वैवाहिक जीवनका शुरुवाती दिनहरु कठिनाइका बीच चल्छन् ।

विवाहित महिलाले श्रीमान्पछि सबैभन्दा बढी फेस गर्नुपर्ने व्यक्ति सासुआमा हुन्छिन् । कतिपय सासुआमा त आफूलाई जन्म दिने आमा जस्तै पनि हुन्छिन् । तर, नेपाली समाजमा सबै सासु आमा हुँदैनन् ।

यदि तपाईंकी सासु पनि आमा जस्ती छैनन्, रुखो स्वभावकी छन् भने उनीहरुसँग कसरी डिल गर्ने त ? आज हामीले तपाईंका लागि रुखो स्वभावकी सासुआमालाई कसरी फेस गर्ने भनेर केही ‘टिप्स’ लिएर आएका छौं ।

आफ्नो व्यवहार स्पष्ट पार्नुहोस्

तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ कि, रुखो स्वभावका मानिसहरु बनावटी कुरा मन पराउँदैनन् । उनीहरु कुनै पनि विषयमा स्पष्ट कुरा राख्दछन् र अरुबाट पनि स्पष्ट जवाफ चाहन्छन् । त्यसैले तपाईंकी सासुआमा पनि रुखो स्वभावकी छन् भने उनीहरुसँग स्पष्ट कुरा राख्नुहोस् । साथै आफ्नो व्यवहार पनि स्पष्ट पार्नुहोस् । लोतेपोते व्यवहार देखाएर प्रभावमा पार्ने कोशिष नगर्नुहोस् ।

दुरी बनाएर राख्नुहोस्

सासुआमाले उमेरका हिसावले जीवनको अनुभव तपाईंको भन्दा धेरै नै संगालिसकेकी हुन्छिन् । यस्तो अवस्थामा तपाईंको व्यवहारमाथि पनि उनीहरु आफ्नो अनुभवका आधारमा मूल्याङ्कन गर्ने गर्छन् । यसकारण तपाईं आफ्नी सासुआमासँग सधै एक समान प्रकारको दुरी बनाएर राख्नुहोस् । उनका अगाडि अरुका कुरा काट्ने र उनको झुटो प्रसंशा गर्ने काम भुलेर पनि नगर्नुहोस् ।

पतिको अगाडि प्रसंशा गर्नुहोस्

यदि सासुआमालाई आफ्नी बुहारीको केही व्यवहार मन परेन भने उनले आफ्नो छोरासँग त्यसको गुनासो गर्छिन् । यस्तो अवस्थामा तपाईंले आफ्नो पति (सासुको छोरा)का अगाडि जहिलेपनि उनको राम्रो बानीको प्रसंशा गर्नुहोस् । केही नराम्रा व्यवहार छन् भने पनि भुल्ने कोशिष गर्नुहोस् । कहिलेकाँही देखावटी व्यवहारले पनि फाइदा पुर्याउन सक्छ । तर, सधैं देखावटी व्यवहार अपनाउनु राम्रो हुन सक्दैन ।

गुनासो सुन्नुहोस्

उमेर बढ्दै गएपछि मानिसहरुमा झर्किने, सानो सानो कुरामा पनि रिसाउने जस्ता व्यवहार देखिन जान्छन् । तपाईंकी सासुमा पनि यस्तै प्रकारको कुनै समस्या हुन सक्छ । उनीहरु आफ्नो मनको पीडा पोख्नका लागि भए पनि रिसाउने गर्छन् । त्यसकारण उनीहरुले तपाईंसँग गुनासो गर्ने तथा रिसाउने गरेका हुन सक्छन् । यसका लागि तपाईंले उनीहरुको कुरा सुन्ने बानी बसाल्नुपर्ने हुन्छ । यदि तपाईंले धैर्यताका साथ उनका कुरा सुनिदिनुभयो भने उनीहरु शान्त हुन्छन्, तपाईंप्रतिको सोचमा परिवर्तन आउने र उनीहरुले सकारात्मक व्यवहार देखाउने क्रम बढ्दै जान्छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १ : ०१ बजे

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९