प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको बारद्वारा स्वागत « Khabarhub

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको बारद्वारा स्वागत


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत गरेको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आइतबार गरिएको आन्दोलनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको बहिर्गमनका लागि दर्ता भएको महाभियोग प्रस्तावको स्वागत गर्दै सफल हुने दाबी गरे ।

उनले प्रधानन्यायाधीश मात्रै नभई अन्य न्यायाधीशलाई पनि बिचौलियाको काम रोक्दै आफूमा सुधार गर्न सुझाव दिए । न्यायपालिका सुधार भए अन्य विषयलाई सुधार गर्न सकिने उनको भनाइ छ ।

श्रेष्ठले बारको आन्दोलन व्यक्तिको फाइदाका लागि नभएर समग्र न्यायपालिकाको सुधारका लािग भएको भन्दै प्रधानन्यायाधीशको बहिर्गमन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

त्यस्तै, सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशलाई सर्वाेच्चमा बस्ने अनुमति नभएको र निलम्बित प्रधानन्यायाधीश भएको बताए ।

त्यसअघि आइतबार सर्वाेच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो ।

बारले आइतबारदेखि पुनः भौतिक उपस्थितिमा आन्दोलनका कार्यक्रमलाई अघि बढाएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  २ : २८ बजे

ला लिगा : बार्सिलोनाको जितमा राफिन्हाको दुई गोल

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना विजयी

एनपीएल च्याम्पियन बनेपछि पौडेलले भने- उपाधि जित्न विश्वास हुनुपर्ने रहेछ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी

निर्वाचन ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

काठमाडौं – प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार