प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको बारद्वारा स्वागत « Khabarhub

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको बारद्वारा स्वागत


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत गरेको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आइतबार गरिएको आन्दोलनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको बहिर्गमनका लागि दर्ता भएको महाभियोग प्रस्तावको स्वागत गर्दै सफल हुने दाबी गरे ।

उनले प्रधानन्यायाधीश मात्रै नभई अन्य न्यायाधीशलाई पनि बिचौलियाको काम रोक्दै आफूमा सुधार गर्न सुझाव दिए । न्यायपालिका सुधार भए अन्य विषयलाई सुधार गर्न सकिने उनको भनाइ छ ।

श्रेष्ठले बारको आन्दोलन व्यक्तिको फाइदाका लागि नभएर समग्र न्यायपालिकाको सुधारका लािग भएको भन्दै प्रधानन्यायाधीशको बहिर्गमन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

त्यस्तै, सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशलाई सर्वाेच्चमा बस्ने अनुमति नभएको र निलम्बित प्रधानन्यायाधीश भएको बताए ।

त्यसअघि आइतबार सर्वाेच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो ।

बारले आइतबारदेखि पुनः भौतिक उपस्थितिमा आन्दोलनका कार्यक्रमलाई अघि बढाएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  २ : २८ बजे

राष्ट्रपति पौडेल जापानबाट स्वदेशका लागि प्रस्थान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि सेना परिचालन

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा

बालेन साहः ससुराली उर्लाबारी आए-गए , समय नदिएको भन्दै कार्यकर्ता असन्तुष्ट

उर्लाबारी – काठमाडौं महानगरपालिकाका प्रमुख तथा स्वतन्त्र राजनीतिक व्यक्तित्व बालेन्द्र

आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै

काठमाडौं– विश्व क्यान्सर (अर्बुद) विरुद्धको दिवस आज नेपालमा पनि विभिन्न

सवारी दुर्घटनामा एक युवकको मृत्यु, तीन जना घाइते

सर्लाही– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको