ए डिभिजन लिगः एपीएफ र संकटाबीचको खेलमा बराबरी « Khabarhub

ए डिभिजन लिगः एपीएफ र संकटाबीचको खेलमा बराबरी


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार भएको एपीएफ र संकटा क्बलबीचको खेल बराबरीमा सकिएको छ ।

काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा कुनै गोल हुन नसक्दा दुवै क्बलले अंक बाँडेका हुन् ।

११ औँ मिनेटमा सुवास गुरुङको पासमा फोडे फोफनाको प्रहार एपीएफका गोलरक्षक युवा कुरियामाले बचाए । ३४ औँ मिनेटमा नवीन लामाको कर्नर प्रहारमा आर्मन्ड बिडोमको हेडर क्रसर बार माथिबाट बाहिरियो ।

६० औँ मिनेटमा रोमन लिम्बुको फ्री किकमा एपीएफका गोलरक्षक कुरियामा अगाडि बढेको अवस्थामा नीरज बस्नेत बललाई कनेक्ट गर्न सकेनन् । ६१ औँ मिनेटमा उत्तम राईको प्रहारलाई ओलुवासोगोको खुट्टामा डिफ्लेक्ट हुँदै बार नजिकैबाट बाहिरियो ।

खेलको ७४ औँ मिनेटमा एपीएफले गोलको राम्रो अवसर खेर फाल्यो । मैदानको मध्य भागबाट संकटाका रोशन परियारबाट खोसेर अघि बढाएको बलमा अभाव लामिछानेले ‘वान भर्सेस वान’ अवस्थामा राजाबाबु थापालाई बिट गर्न सकेनन् । आभासले १८ यार्ड बक्सबाट गरेको प्रहार राजाबाबुले विफल पारिदिए ।

८४ औँ मिनेटमा एपीएफले पेनाल्टी बक्सबाहिर फ्रि–किक पाएको थियो । एपीएफका कप्तान नवीन लामाले गरेको प्रहार राजाबाबुले बचाएका थिए ।

बराबरीसँगै १० खेलबाट १५ अंक जोडेको संकटा तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । संकटाले तीनमा जित, ६ मा बराबरी र एक खेलमा हारको नतिजा ल्याएको छ ।

त्यस्तै, समान खेलबाट ११ अंक जोडेको एपीएफ नवौँ स्थानमा यथावत् छ । एपीएफले दुईमा जित, पाँचमा बराबरी र तीनमा हारको नतिजा ल्याएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ७ : २५ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध