आईपीएलमा इतिहास रच्ने बाबु-छोरा | Khabarhub Khabarhub

आईपीएलमा इतिहास रच्ने बाबु-छोरा


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकर र उनका छोरा अर्जुन तेन्दुलकरले आईपीएलमा इतिहास रचेका छन्। सचिन र अर्जुनले आईपीएलको इतिहासमा लिलामी हुने र एउटै टोलीबाट खेल्ने पहिलो बाबुछोराको इतिहास रचेका हुन्।

सचिनका छोरा अर्जुनलाई आईपीएल २०२२ को मेगा अक्सनमा मुम्बई इन्डियन्सले ३० लाखमा खरिद गरेको हो। गत वर्ष पनि फेब्रुअरी २०२१ मा भएको आईपीएल लिलामीमा मुम्बई इन्डियन्सले उनलाई २० लाखमा किनेको थियो। एक सिजनपछि उनलाई मुम्बई इन्डियन्सले रिलिज गरेको थियो।

तर, आईपीएल २०२२ को लिलामीमा उनलाई फेरि मुम्बई इन्डियन्सले किनेको हो। अर्जुन तीव्र गतिमा बलिङ गर्न माहिर मानिन्छन्। उनलाई सफल अलराउन्डरका रूपमा लिइन्छ। अर्जुनका बुबा सचिनले पनि मुम्बईबाट सन् २००८ देखि २०१३ सम्म आईपीएलको ६ सिजनमा भाग लिएका थिए।

यस अवधिमा उनले ७८ खेलमा ३४.८३ को औसतमा २३३४ रन बनाए। उनको उच्चतम व्यक्तिगत स्कोर नटआउट १०० रन हो। आईपीएलमा सचिनको नाममा एक शतक र १३ अर्धशतक छ। अर्जुन आफ्नो बुबाका कारण लगातार चर्चामा छन्।

तर, उनले आफ्नो करियरको प्रारम्भिक चरणमा आफ्नो बुबाले हासिल गरेको नाम वा हैसियत हासिल गर्न सकेका छैनन्। सुरूदेखि नै उनीमाथि सबैको नजर रहेको भए पनि सबैको चाहना छ कि उनले क्रिकेट मैदानमा आफ्नो बुबा जस्तै फरक स्थान हासिल गरोस्।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १० : ५८ बजे

महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह

कञ्चनपुर- एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा महेन्द्रनगरमा अपाङ्गमैत्री पैदलमार्गसहितको

कोशीको पाँचौँ बालमैत्री नगर कनकाई

झापा– झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको

रेबिजबाट एक जनाको मृत्यु

चितवन– रेबिज रोगबाट इच्छाकामना गाउँपालिका– २ का ३२ वर्षीय मीनबहादुर

हरिचौर–मल्म–पाण्डवखानी सडक स्तरोन्नति हुँदै

बागलुङ– ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक योजना’ अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी

काठमाडौंको तीनकुनेमा ठोक्किए तीन सवारी साधन, एकजनाको मृत्यु

काठमाडौं– काठमाडौंको तीनकुनेमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ