स्वास्थ्य बीमा लोकप्रिय बन्दै « Khabarhub

स्वास्थ्य बीमा लोकप्रिय बन्दै


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँका स्थानीयवासी आकर्षित भएका छन् । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३५२ नागरिकले बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक कलम रावतले बताए ।

स्वास्थ्य बीमाबारे नागरिकले कुनै चासो राखेका थिएनन् तर अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश र बीमा गरेपछि पाउने राहतबारे बुझेपछि कार्यालयमै आएर बुझ्न र फोनबाट जानकारी लिनेको सङ्ख्या बढेको उक्त कार्यालयले जनाएको छ ।

सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । ज्येष्ठ नागरिकका लागि निःशुल्क बीमा कार्यक्रममाअन्तर्गत चार हजार ३५ जनाको बीमा गरिएको छ ।

सो अनुसार महिला स्वयंसेविका १८०, पूर्ण अपाङ्गता भएका ४५, क्षयरोग टिभी भएका दुई र एचआइभी सङ्क्रमित एक जनाले बीमा गरेको संयोजक रावतले बताए ।

बीमा गरेबमोजिमको स्वास्थ्य संस्थामा औषधोपचार नपाउने जनगुनासो पनि आउने गरेको कार्यालयले जनाएको छ । अझै यसप्रति नागरिकको कम आकर्षण भएको यहाँका सरोकारवालाले बताए ।

जुम्लामै यो कार्यक्रम सञ्चालन भएको झन्डै चार/पाँच वर्ष भए पनि सबै नागरिकको स्वास्थ्य बीमा हुने सकेको छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १० : ४५ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल