एलपीएल-६ धनगढीमा सुरु, पहिलो खेलमा सत्यवती विजयी « Khabarhub

एलपीएल-६ धनगढीमा सुरु, पहिलो खेलमा सत्यवती विजयी


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीमा विद्यालय स्तरको यू-१९ क्रिकेट प्रतियोगिता, लिटल फ्लावर प्रिमियर लिग-६ (एलपीएल) सोमबारदेखि सुरु भएको छ । 

लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्ट्सको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमी विजयी भएको छ । आयोजक लिटल फ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गर्दै सत्यवती विजयी भएको हो । 

टस जितेर पहिला ब्याटिङ गर्दै सत्यवती एकेडेमी निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो ।

सत्यवतीका लागि सन्दीप खत्रीले सर्वाधिक ६६ रन बनाए । यस्तै सन्तोष कार्कीले ३३, खगेन्द्र जोशीले ३२ तथा आदील अन्सारीले ३० रनको योगदान दिए । लिटल फ्लावरका प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई/दुई विकेट लिए ।

१ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय २४ रन मात्र बनाउन सक्यो । लिटल फ्लावरको ब्याटिङमा कप्तान विपिन रावलले सर्वाधिक ६२ रन बनाए । 

यस्तै नरेन भट्टले २८ रन बनाए । सत्यवती एकेडेमीका नीरज भट्ट र युवराज खत्रीले समान दुई/दुई विकेट लिए भने सन्तोष कार्की, सन्दीप खत्री र सुजन गौतमले समान एक/एक विकेट लिए । 

खेलको प्लेयर अफ द म्याच सन्दीप खत्री घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा होलिल्याण्ड स्कुल र एभरेस्ट एकेडेमीबीच हुनेछ, भने दोस्रो खेल गुरुकुल मडियम स्कुल र स्टेपिंगस्कुलबीच हुने छ । 

प्रतियोगिता उद्घाटन धनगढीका उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ०४ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको