एलपीएल-६ धनगढीमा सुरु, पहिलो खेलमा सत्यवती विजयी | Khabarhub Khabarhub

एलपीएल-६ धनगढीमा सुरु, पहिलो खेलमा सत्यवती विजयी


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीमा विद्यालय स्तरको यू-१९ क्रिकेट प्रतियोगिता, लिटल फ्लावर प्रिमियर लिग-६ (एलपीएल) सोमबारदेखि सुरु भएको छ । 

लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्ट्सको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमी विजयी भएको छ । आयोजक लिटल फ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गर्दै सत्यवती विजयी भएको हो । 

टस जितेर पहिला ब्याटिङ गर्दै सत्यवती एकेडेमी निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो ।

सत्यवतीका लागि सन्दीप खत्रीले सर्वाधिक ६६ रन बनाए । यस्तै सन्तोष कार्कीले ३३, खगेन्द्र जोशीले ३२ तथा आदील अन्सारीले ३० रनको योगदान दिए । लिटल फ्लावरका प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई/दुई विकेट लिए ।

१ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय २४ रन मात्र बनाउन सक्यो । लिटल फ्लावरको ब्याटिङमा कप्तान विपिन रावलले सर्वाधिक ६२ रन बनाए । 

यस्तै नरेन भट्टले २८ रन बनाए । सत्यवती एकेडेमीका नीरज भट्ट र युवराज खत्रीले समान दुई/दुई विकेट लिए भने सन्तोष कार्की, सन्दीप खत्री र सुजन गौतमले समान एक/एक विकेट लिए । 

खेलको प्लेयर अफ द म्याच सन्दीप खत्री घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा होलिल्याण्ड स्कुल र एभरेस्ट एकेडेमीबीच हुनेछ, भने दोस्रो खेल गुरुकुल मडियम स्कुल र स्टेपिंगस्कुलबीच हुने छ । 

प्रतियोगिता उद्घाटन धनगढीका उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ०४ बजे

रेबिजबाट एक जनाको मृत्यु

चितवन– रेबिज रोगबाट इच्छाकामना गाउँपालिका– २ का ३२ वर्षीय मीनबहादुर

हरिचौर–मल्म–पाण्डवखानी सडक स्तरोन्नति हुँदै

बागलुङ– ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक योजना’ अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी

काठमाडौंको तीनकुनेमा ठोक्किए तीन सवारी साधन, एकजनाको मृत्यु

काठमाडौं– काठमाडौंको तीनकुनेमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि

आज विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौं– ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज नेपालमा पनि