नेपाल आयरल्याण्डसँग पराजित | Khabarhub Khabarhub

नेपाल आयरल्याण्डसँग पराजित


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चारदेशीय टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको छ ।

अल अमेरात क्रिकेट मैदानमा १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो ।

नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै आशिफ शेख २३, कुशल भुर्तेल १५ र कमल ऐरीले १३ रनको योगदान गरे ।

आयरल्याण्डका सिमि सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले समान दुई विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा पूरा विकेट गुमाउँदै १२७ रनको योगफल तयार पार्‍यो ।

आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक २८ रन जोडे । यस्तै कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी म्याकब्राइनले ११ रनको योगदान गरे ।

नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । दिपेन्द्रले चार ओभर बलिङ गर्दै २१ रन मात्र खर्चिएका थिए । यस्तै अविनाश बोहराले दुई तथा कप्तान सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले समान विकेट लिए ।

आइसिसी पुरुष टी–२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल अघि नेपालले चारदेशीय सिरिज खेलेको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ३२ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न