इतिहासमा आजः ग्यालिलियोको जन्मदेखि इतिहासकै विशाल शान्ति प्रदर्शनसम्म « Khabarhub

इतिहासमा आजः ग्यालिलियोको जन्मदेखि इतिहासकै विशाल शान्ति प्रदर्शनसम्म


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १५ फेब्रुवरी । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

अहिले सम्मकै ठूलो शान्ति प्रदर्शन
सन् २००३ इतिहासमै सबैभन्दा ठूलो शान्ति प्रदर्शन भएको थियो । आजकै दिन विश्वभरका ६०० सहरहरुमा ३ करोड मानिसहरुले इराक युद्धको विरोध गर्दै शान्तिको पक्षमा प्रदर्शन गरेका थिए ।

सोभियत युनियन अफगानिस्तानबाट फिर्ता
सन् १९८९ मा अफगानिस्तानबाट सोभियत युनियन बाहिरिएको थियो । सैन्य सर्वोच्चताको बाबजुद सोभियत र अफगान सेनाले विद्रोहीको प्रतिकार गर्न विफल भएको बताइन्छ ।

मानव जिनोमको पहिलो मस्यौदा
सन् २००१ मा मानव जिनोमको पहिलो मस्यौदा प्रकाशित भएको थियो । मानव जिनोममा पूर्ण मानव आनुवंशिक सूचना छ ।

मुद्रालाई डेसिमल प्रणालीमा परिणत
सन् १९७१ मा बेलायत र आयरल्यान्डले आफ्नो मुद्रालाई डेसिमल प्रणालीमा परिणत गरेका थिए । परिवर्तनअघि एक पाउन्ड स्टर्लिङ २४० पेन्स बराबर थियो ।

ग्यालिलियो ग्यालिलीको जन्म दिन
आजकै दिन इटालीका प्रसिद्ध वैज्ञानिक ग्यालिलियो ग्यालिलीको जन्म भएको थियो । गणितज्ञ तथा दाशर्निकसमेत रहेका ग्यालिलियोको जन्म १५६४ मा इटालीको पिसामा भएको थियो । उनको मृत्यु सन् १६४२ को ८ जनवरीमा इटालिको आर्कटेरीमा भएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ६ : ५४ बजे

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।