दुग्ध उत्पादक किसानलाई अनुदान « Khabarhub

दुग्ध उत्पादक किसानलाई अनुदान


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीमार्फत बिक्री गर्दै आएका उनीहरुलाई उत्पादनको आधारमा प्रतिलिटर रु २.५० पैसाका दरले अनुदान दिन थालेको हो ।

गतवर्ष जिल्लाका बाह्रवटा सहकारीमार्फत रु ४५ लाख अनुदान रकम वितरण गरेकामा यस वर्षको लागि रु ४० लाख विनियोजन भइसकेको कार्यालयका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिए । गत वर्षका तुलनामा यसवर्ष बजेट कटौती भएका कारण बजेट घट्ने सो कार्यालयले जनाएको छ ।

किसानलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर अनुदान कार्यक्रम राखिएको हो । उनले भने, ‘दूधमा जिल्ला आत्मनिर्भर बनि बाह्य जिल्लामा समेत निर्यात गर्न सफल भइसकेकोले त्यसलाई कायम राख्न अनुदान कार्यक्रम लागू गरिएको हो ।’ व्यास नगरपाकिामा सात हजार ५०० , बन्दिपुरमा ६ हजार ५००, भानुमा पाँच हजार ३००, शुक्लामा पाँच हजार दूध उत्पादन हुदैआएको छ ।

जिल्लामा वार्षिक तीन हजार ८०० मेट्रिक टन दूध उत्पादन हुँदैआएको उनले बताए । प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्ने भए पनि अहिले प्रतिव्यक्ति ११७ लिटर प्रतिव्यक्ति क्षमता पुगेको छ ।

त्यसैगरी, मासु ४६६ मेट्रिक टन, अण्डा दुई करोड ६० लाख, दूध तीन हजार ८०० मेट्रिक टन दूध वार्षिक उत्पादन हुदै आएको उनले बताए । त्यसैगरी मासु प्रतिव्यक्ति वार्षिक रु १४ किलो आवश्यक पर्नेमा १४।१५ किलो रहेको छ, भने अण्डा प्रतिव्यक्ति ४८ पर्नेमा ८१ वटासम्म क्षमताको रहेको छ ।

त्यसैगरी माछा ९० मेट्रिक टन उत्पादन हुदै आएकोमा माछाको उत्पादन वृद्धिको लागि आवश्यक पहल भइरहेको सो कार्यालयले जनाएको छ । माछापालन किसानलाई प्रोत्साहन गर्न कार्यालयले पोखरी खन्न र माछाका भुरामा अनुदान लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ४ : ४५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६