दुग्ध उत्पादक किसानलाई अनुदान « Khabarhub

दुग्ध उत्पादक किसानलाई अनुदान


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीमार्फत बिक्री गर्दै आएका उनीहरुलाई उत्पादनको आधारमा प्रतिलिटर रु २.५० पैसाका दरले अनुदान दिन थालेको हो ।

गतवर्ष जिल्लाका बाह्रवटा सहकारीमार्फत रु ४५ लाख अनुदान रकम वितरण गरेकामा यस वर्षको लागि रु ४० लाख विनियोजन भइसकेको कार्यालयका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिए । गत वर्षका तुलनामा यसवर्ष बजेट कटौती भएका कारण बजेट घट्ने सो कार्यालयले जनाएको छ ।

किसानलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर अनुदान कार्यक्रम राखिएको हो । उनले भने, ‘दूधमा जिल्ला आत्मनिर्भर बनि बाह्य जिल्लामा समेत निर्यात गर्न सफल भइसकेकोले त्यसलाई कायम राख्न अनुदान कार्यक्रम लागू गरिएको हो ।’ व्यास नगरपाकिामा सात हजार ५०० , बन्दिपुरमा ६ हजार ५००, भानुमा पाँच हजार ३००, शुक्लामा पाँच हजार दूध उत्पादन हुदैआएको छ ।

जिल्लामा वार्षिक तीन हजार ८०० मेट्रिक टन दूध उत्पादन हुँदैआएको उनले बताए । प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्ने भए पनि अहिले प्रतिव्यक्ति ११७ लिटर प्रतिव्यक्ति क्षमता पुगेको छ ।

त्यसैगरी, मासु ४६६ मेट्रिक टन, अण्डा दुई करोड ६० लाख, दूध तीन हजार ८०० मेट्रिक टन दूध वार्षिक उत्पादन हुदै आएको उनले बताए । त्यसैगरी मासु प्रतिव्यक्ति वार्षिक रु १४ किलो आवश्यक पर्नेमा १४।१५ किलो रहेको छ, भने अण्डा प्रतिव्यक्ति ४८ पर्नेमा ८१ वटासम्म क्षमताको रहेको छ ।

त्यसैगरी माछा ९० मेट्रिक टन उत्पादन हुदै आएकोमा माछाको उत्पादन वृद्धिको लागि आवश्यक पहल भइरहेको सो कार्यालयले जनाएको छ । माछापालन किसानलाई प्रोत्साहन गर्न कार्यालयले पोखरी खन्न र माछाका भुरामा अनुदान लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ४ : ४५ बजे

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो