ए डिभिजन लिगः फ्रेन्ड्स र जावलाखेलबीचको खेल बराबरीमा सकियो « Khabarhub

ए डिभिजन लिगः फ्रेन्ड्स र जावलाखेलबीचको खेल बराबरीमा सकियो


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको फ्रेन्डस् र जावलाखेलबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो । बराबरीसँगै भएसँगै जावलाखेल युथ क्लबले रेलिगेशनबाट दबाबमुक्त हुने अवसर गुमाएको छ । पहिलो हाफमै ३–० को अग्रता बनाएको जावलाखेल अंक बाँड्न बाध्य भएको हो ।

जावलाखेल ११ खेलबाट १० अंकका ११ औँ स्थानमा रहेको छ । यता, फ्रेन्ड्स भने सात अंकसहित १३ औँ स्थानमा झरेको छ । जावलाखेलको जितमा लोइक एमजीमी कोउआहिमले दुई गोल गर्दा रुपबहादुर लामाले एक गोल गरे ।

फ्रेन्ड्सका कप्तान नाथनियल जड गार्सियाले एक गोल गर्दा जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । यसैबीच, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लबबीचको खेल पनि बिनागोल बराबरीमा सकियो ।

जारी लिगमा १० खेलबाट २६ अंकसहित मछिन्द्र फुटबल क्लब शीर्ष स्थानमा छ । लिगका पुछारका दुई क्लब भने दोस्रो डिभिजनमा घटुवा हुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : १५ बजे

नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली

अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

काबुल – अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

इलाम गोल्डकप : मछिन्द्र फाइनलमा

इलाम – मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको

भक्तपुर मालपोत कार्यालयबाट ११ जना विचौलिया पक्राउ

भक्तपुर – भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश