खोटाङमा कोरोना संक्रमितको संख्या ५७ मा झर्‍यो « Khabarhub

खोटाङमा कोरोना संक्रमितको संख्या ५७ मा झर्‍यो


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा कोभिड–१९ बाट संक्रमितको संख्या ५७ मा झरेको छ । मंगलबार थप नौ जना संक्रमणमुक्त भएसँगै संक्रमितको संख्या ५७ मा झरेको हो । पछिल्लो साता दिनानुदिन संक्रमितको संख्या घटिरहेको छ ।

मंगलबार २० जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनालाई मात्र संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।

कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहरमा गरी हालसम्म तीन हजार ४६४ जनालाई संक्रमण पुष्टि भएकोमा निको हुनेको कुल संख्या तीन हजार ३६३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म एक लाख १६ हजार ६८९ जनाले पहिलो मात्राको र ६७ हजार २९ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड-१९ को पहिलो र दोस्रो लहरमा १५ जनाले ज्यान गुमाएका थिए ।

महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा २३४ बेड तयारी अवस्थामा राखिएको छ । यस्तै, एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ३० बजे

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर