युरेनियम जस्तो देखिने पदार्थसहित काठमाडौँबाट ८ जना पक्राउ « Khabarhub

युरेनियम जस्तो देखिने पदार्थसहित काठमाडौँबाट ८ जना पक्राउ


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरेनियम जस्तो देखिने पदार्थ किनबेचमा संलग्न भएको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा कांग्रेस नेता पनि छन् ।

पक्राउ पर्नेमा कांग्रेसबाट ललितपुर क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत समेत छन् ।

प्रहरीको विशेष ब्यूरो र काठमाडौँ प्रहरी परिसर, टेकुले चलाएको संयुक्त अपरेशनमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, जिवछ नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुर, उपेन्द्रकुमार मिश्र, गोपिलाल दास छन् ।

ह्यायत रिजेन्सी होटलमा पार्किङ गरिराखेको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित भुपेन्द्रबहादुर खड्का र नवराज महतलाई फेला पारी सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई भारतबाट ल्याई प्रतिकिलो ३५ करोड रुपैयाँमा बिक्री गर्न लागेको प्रहरीले जनाएको छ ।

यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गतवर्षसाढे २ किलो युरेनियम बरामद गरेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १० : १५ बजे

वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ

काठमाडौं– इजरायली सेनाले कब्जामा रहेको वेस्ट ब्यांकका विभिन्न क्षेत्रमा सञ्चालन

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त

काठमाडौं– सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह

काठमाडौं– संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुलेक, कालापानी

सिंहदरबारमा संवैधानिक परिषद् बैठक, नयाँ प्रधानन्यायाधीशको टुङ्गो लगाउँदै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह संवैधानिक परिषदको बैठक सुरू

कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त

कर्णाली– भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका ७९ स्थानीय तहमा